कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १० गते)

माघ १० गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ५ सय ४१ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् । माघ १० गते ३ सय ८६ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १० गतेसम्म १ हजार ९ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार ४ सय ५२ जना सक्रिय सङ्क्रमित रहेकामा २  हजार ६ सय ७४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ४७ जनाको उपचार आइसीयूमा र २६ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क