कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)

माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार १२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । माघ ७ गते ३ सय ८३ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ७ गतेसम्म १ हजार ९ सय ७५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार ६ सय ९३ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ८ सय ६४ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ६५ जनाको उपचार आइसीयूमा र ३३ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार भोजपुर, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क