कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ५ गते)

माघ ५ गते ३ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ३ सय ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६१ हजार ८ सय १८ जना निको भएका छन् । माघ ५ गते ४ सय जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ५ गतेसम्म १ हजार ९ सय ६५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३ हजार ८ सय ६१ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ७ सय ५९ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ६१ जनाको उपचार आइसीयूमा र ३४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, भोजपुर, नवलपरासी पश्चिम, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क