कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)

माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ८ सय १९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ६१ हजार ४४ जना निको भएका छन् । माघ ३ गते ४ सय ७७ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ३ गतेसम्म १ हजार ९ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ५८ जना सक्रिय सङ्क्रमित रहेकामा ३ हजार २ सय ३५ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ६९ जनाको उपचार आइसीयूमा र ३८ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, रुकुम पश्चिम, कालिकोट र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क