कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २८ गते)

पुस २८ गते २ सय ५३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ३ सय ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५९ हजार ३ सय ५८ जना निको भएका छन् । पुस २८ गते ३ सय ९० जना निको भएका छन् भने निको हुनेको दर ९७.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २८ गतेसम्म १ हजार ९ सय ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ४ हजार ४ सय ८ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार १ सय २८ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ५७ जनाको उपचार आइसीयूमा र ३५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार ताप्लेजुङ, रुकुम पश्चिम, मुगु र बाजुरामा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क