कोभिड–१९ का कारण बन्द भएको आइसीयू सञ्चालनमा
कोभिड–१९ का कारण बन्द भएको सिन्धुली अस्पतालको शिशु आइसीयू ०७७ असोज १८ गतेदेखि सञ्चालनमा आएको छ ।
हरेक महिना करिब १ सयको हाराहारीमा शिशु जन्मिने यो अस्पतालमा जन्मेका शिशुमा आउने जटिल स्वास्थ्य समस्यालाई मध्यनजर गरी चार बेडको आइसीयू सञ्चालनमा ल्याइएको बाल रोग विशेषज्ञ डाक्टर अभयचन्द्र यादवले बताउनु भयो ।
बाल विशेषज्ञ डाक्टर अभयचन्द्र यादवले जनशक्तिको अभाव र कोभिड १९ का कारण बन्द रहेको आइसीयू सञ्चालन भएपछि जिल्ला बाहिर रिफर गर्नुपर्ने शिशुलाई जिल्लामै उपचार गर्न सकिने बताउनु भयो ।
उहाँले अस्पतालले केही दिनमै प्रेयाडिक भेन्टिलेटर पनि ल्याउने तयारी गरेकाले शिशुहरूको उपचारका लागि काठमाडौँ रिफर गर्नुपर्ने अवस्था अन्त्य हुने विश्वास व्यक्त गर्नु भयो ।
डाक्टर यादवले भन्नु भयो– ‘काठमाडौँ पठाउनु पर्ने बाध्यता भएका शिशुलाई चार घण्टाको समय व्यवस्थापन गर्न नसकेर मृत्यु वरण गर्नुपर्ने अवस्थालाई रोक्न आइसीयू सञ्चालनले सहजता ल्याउने छ ।’
साथै, यसले कम तौल भएका, सङ्कट ग्रस्त, स्वास प्रस्वासको समस्या भएका, समय नपुगि जन्मेका र स्वास्थ्यमा जटिल समस्या आएका शिशुको उपचारका लागि सहजता ल्याउने समेत डाक्टर यादवले बताउनु भयो ।
यस अस्पतालमा जोखिमपूर्ण अवस्थाका मासिक करिब ६ शिशुको जन्म हुने गरेको छ । जसका लागि आइसीयुको आवश्यकता पर्दछ । आर्थिक वर्ष २०७६/७७ मा त्यस्ता ६५ ओटा केश आएको प्रसुति सेवाकी नर्स रामेश्वरी कायमलीले बताउनु भयो ।
उहाँका अनुसार अस्पतालमा एक वर्षको अवधिमा ९ सय ३१ जना महिला सुत्केरी भएकोमा १ सय ७१ जना महिलाले अप्रेशन सहितको सुत्केरी सेवा पाएका छन् ।
चालु आर्थिक वर्षको दुई महिनामा १ सय ९३ जना महिलाले प्रसुति सेवा पाएका छन् । जसमा १५ जना शिशुमा जटिल स्वास्थ्य समस्या देखिएको थियो । सिन्धुली अस्पतालमा अब दुई जना स्त्रीरोग विशेषज्ञद्वारा अप्रेशन सहितको सुत्केरी सेवा सञ्चालनमा रहेको छ ।
यस्तै कोभिड–१९ को अवधिमा मृगौलामा समस्या देखिएका १२ जना शिशुको सफल उपचार समेत गरिएको अस्पतालले जनाएको छ ।
बिमला पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै…
प्रधानाध्यापकलाई मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरूद्ध उजुरी
कमला नगरपालिका–३ निवासी औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहीयाका प्रधानाध्यापक ३४ वर्षीय मदनकुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा मोसो दलेर दुर्व्यवहार व्यवहार गरेको आरोपित औरही गाउँपालिका–१ बस्ने…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पटेर्वा सुगौली गाउँपालिका–१ गदीयानी टोलका ५० वर्षीय जादु राउत गद्धीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार १४ गते उजुरी दिएको छ । पीडित बालिकालाई…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी…