कोभिड–१९ः यो साता ५ सय जना सङ्क्रमित थपिए
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा ५ सय जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । एक सातामा ४ सय ७४ जना सङ्क्रमित निको भए भने तीन जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । यो अवधिमा २१ हजार ४ सय ८७ ओटा स्वाब परीक्षण गरिएको थियो ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ फागुन २५ गतेदेखि चैत २ गतेसम्मको अवधिमा झापामा तीन जना पुरूषमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा एक जना पुरूष, खोटाङमा दुई जना पुरूष र एक जना महिला गरी तीन जना, मोरङमा सात जना पुरूष र सात जना महिला गरी १४ जना, ओखलढुङ्गामा एक जना पुरूष, पाँचथरमा एक जना पुरूष र तेहृथुममा एक जना पुरूष गरी २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भोजपुर,सोलुखुम्बु, धनकुटा, इलाम, सङ्खुवासभा,ताप्लेजुङ र उदयपुरमा यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा फागुन २ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या जम्मा १ लाख ५१ हजार ७ सय ६५ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५१ हजार ४ सय ४३ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यस हप्ता ३ सय २२ जना मात्र सङ्क्रमित थपिएका हुन् । यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५० हजार ३ सय ६६ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ३ सय ५५ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ३ सय ९६ जना रहेकोमा यो हप्ता ४१ जना कम भई ३ सय ५५ जनामा झरेको हो ।
फागुन २ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार १४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा एक जनाले मात्रै बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ । अघिल्लो साता ३९.४ प्रतिशत महिला र ६०.६ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा फागुन २ गते पनि सोही अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५४.७४ प्रतिशत रहेकोमा फागुन २ गते आइपुग्दा केही कम भई ५४.७० प्रतिशत भएको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९९.०७ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा फागुन २ गते आइपुग्दा यो सङ्ख्या बढेर ९९.१० प्रतिशत पुगेको छ । कोभिड १९ को विरुद्ध दोस्रो चरणको खोप कार्यक्रममा ४ लाख २७ हजार ९ सय ६६ जनालाई खोप उपलब्ध गराउने कार्यक्रम फागुन २३ गतेबाट सुरु भएकोमा यस प्रदेशमा फागुन २ गते आईपुग्दा लक्षको ५३.७६ प्रतिशत लक्ष पुरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा फागुन २५ गतेबाट चैत २ गतेसम्म थप ८३ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ४१ जना पुरुष र ४२ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार १ सय ६० रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यो साता महिला ४१ जना र पुरुष ३३ जना गरी ७४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस साता सबै भन्दा बढी दाङ जिल्लामा २५ जनामा सङ्क्रण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा १ सय ९९ जनामा गरिएको परीक्षणमा १० जनामा कोभिड पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ६७ रहेको थियो । प्रदेशमासात जना पुरुष र तीन जना महिला गरी १० जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार हालसम्म प्रदेशमा उपचारका लागि बाहिरबाट आएकासमेत गरी ४ सय ६ जनाको मृत्यु भएको छ । जसमध्ये तीन जनाले आत्महत्या गरेका थिए ।
सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा फागुन २५ गतेदेखि चैत २ गतेसम्म आठ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५० पुगेको छ । चैत २ गते सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलाली जिल्लामा मात्रै एक जना पुरुषमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको भएपनि यो साता कोभिडका कारण कसैको मृत्यु भएन । चैत २ गतेसम्म प्रदेशमा १४ हजार ९ सय ४८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार १८ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले ०७७ फागुन २३ गतेदेखि सुरु गरेको कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत फागुन २९ गतेसम्म सुदूरपश्चिम प्रदेशका १ लाख ११ हजार २ सय ७७ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको सुदूरपश्चिम समाजिक विकास मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको खोप अभियान सञ्चालन भएपश्चात अछाम जिल्लाका १० हजार ५ सय १७, बैतडीमा १० हजार ८ सय ५४, बझाङमा १० ८ सय ७६, बाजुरामा ६ हजार १ सय २१, डडेल्धुरामा ७ हजार ६ सय ७८, दार्चुलामा ७ हजार ९८, डोटीमा १० हजार २ सय ४, कञ्चनपुरमा १८ हजार ५ सय ३१ र कैलालीमा २९ हजार ४ सय ७ जनाले कोभिड १९ विरुद्धको खोप लिएको मन्त्रालयले जनाएको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशका १ लाख ४९ हजार ५ सय ७९ जनाले खोप लिएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…