कोभिड–१९ः यो साता परीक्षण कम हुँदा अन्य सूचक प्रभावित
यो साता कोभिड परीक्षण कम हुँदा अन्य सूचकमा समेत प्रभाव परेको छ । परीक्षण कम भएका कारण थपिएका सङ्क्रमितको दर गत साताहरूको तुलनामा घटेको छ । यो साता ७ हजारको हाराहारीमा सङ्क्रमित थपिएका र १० हजार ८ सयभन्दा बढी सङ्क्रमित निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार यो साता ७ हजार २ सय ३० सङ्क्रमित थपिएका छन् भने १० हजार ८ सय ३९ सङ्क्रमित निको भएका छन् । यो साता ४४ हजार ४ सय ९ ओटा स्वाब परीक्षण गरिएको छ । गत साता ५६ हजार ४ सय ४८ ओटा स्वाब परीक्षण गरिएको थियो । पछिल्ला साताहरूमा स्वाब परीक्षणको सङ्ख्या घटेको छ । मङ्सिर १६ गते २ लाख ३४ हजार ७ सय ६५ जना सङ्क्रमित भएकामा मङ्सिर २२ गते कूल सङ्क्रमित २ लाख ४१ हजार ९ सय ९५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा थप ८५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता १ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय १४ पुगेको छ । हालसम्म १७ लाख ९० हजार ७ सय ३९ ओटा स्वाबको परीक्षण गरिएको छ । मङ्सिर २२ गतेको तथ्याङ्क अनुसार कोभिड सङ्क्रमितमध्ये ९४ प्रतिशत सङ्क्रमित निको भएका छन् । निको हुनेको सङ्ख्या मङ्सिर १६ गतेभन्दा १.७ प्रतिशतले बृद्धि भएको छ । एक साताको अवधिमा महिला सङ्क्रमित ०.५ प्रतिशतले बृद्धि भइ ३४.५ प्रतिशत पुगेको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्सिर १६ गतेदेखि मङ्सिर २२ गतेसम्मको अवधिमा झापामा १ सय ८९ जना पुरूष र १ सय ६ जना महिला गरी २ सय ९५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा १ सय ४० जना पुरूष र ८७ जना महिला गरी २ सय २७ जना, खोटाङमा चार जना पुरूष र एक जना महिला गरी पाँच जना, मोरङमा २ सय १० जना पुरूष र १ सय ४९ जना महिला गरी ३ सय ५९ जना, उदयपुरमा नौ जना पुरूष र पाँच जना महिला गरी १४ जना, धनकुटामा पाँच जना पुरूष र ६ जना महिला गरी ११ जना, इलाममा ४६ जना पुरूष र २६ जना महिला गरी ७२ जना, पाँचथरमा तीन जना पुरूष र एक जना महिला गरी चार जना, ओखलढुङ्गामा ६ जना पुरूष र तीन जना महिला गरी नौ जना, भोजपुरमा चार जना पुरूष र तीन जना महिला गरी सात जना, सङ्खुवासभामा १८ जना पुरूष र ६ जना महिला गरी २४ जना, ताप्लेजुङमा सात जना पुरूष र पाँच जना महिला गरी १२ जना, सोलुखुम्बुमा चार जना पुरूष र दुई जना महिला गरी ६ जना, तेहृथुममा चार जना पुरूष र एक जना महिला गरी पाँच जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा १ हजार ५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ३ सय १५ जना थपिएका छन् । अघिल्लो साता ३ सय १३ जना थपिएका थिए । मङ्सिर १६ गते २० हजार १ सय ३ सङ्क्रमित रहेकामा मङ्सिर २२ गते आइपुग्दा यो सङ्ख्या बढेर २० हजार ४ सय १८ पुगेको छ । एक सातामा थप चार जना कोभिड सङ्क्रमितको मृत्यु भएपछि प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २ सय पुगेको छ । एक सातामा ३ सय ६४ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । यो साता सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २५ ले घटेर २ सय २६ मा आइपुगेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मङ्सिर १६ गतेबाट मङ्सिर २२ गतेसम्म थप ९ सय १९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये ५ सय ७९ पुरुष र ३ सय ४० जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या १३ हजार ९ सय ६१ रहेको छ । यो साता कोभिड–१९ को सङ्क्रमणबाट १ हजार २ सय ८२ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको सङ्ख्या १३ हजार ७ सय १७ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट १ सय १० जनाको मृत्यु भएको छ जसमध्ये यो साता सात जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर २२ गतेको तथ्याङक अनुसार प्रदेशमा हाल १ हजार ४ सय १७ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की जिल्लामा ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३ सय ८६ जना होम आइसोलेशनमा छन् भने ९८ जना आइसीयू र नौ जना भण्टिलेटरमा रहेका छन् ।
लुम्बिनी प्रदेश
यो साता लुम्बिनी प्रदेशमा ६ सय ६१ जना पुरुष र ३ सय ६१ जना महिला गरी जम्मा १ हजार ५२ जनामा कोभिड सङ्क्रमण पुुष्टि भयो । सबै भन्दा बढी रुपन्देहीमा १ सय ८२ पुरुष र ९७ महिला गरी २ सय ७९ जना सङ्क्रमित भए । यो साता अघिल्लो साता भन्दा सङ्क्रमित सङ्ख्या घटेको छ । महिला भन्दा पुरुषमा बढी सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा यो साता २० जनाको मृत्यु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…