कोभिड–१९ः यो साता परीक्षण न्यून, थपिएकाभन्दा निको भएका सङ्क्रमित झण्डै ५ हजार बढी
अघिल्ला साताहरूको तुलनामा यो साता कोभिड परीक्षण न्यून भएको छ । यो साता ४९ हजार ६ सय ९७ ओटा स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको अवस्था प्रतिवेदनमा उल्लेख छ । असोज अन्तिम साता मात्रै झण्डै १ लाखको हाराहारीमा परीक्षण गरिएको थियो । गत साता ७० हजार २ सय ७६ नमूना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । गत साताको तुलनामा यो साता २० हजार ५ सय कम नमूना परीक्षण गरिएको छ । यो एक सातामा ११ हजार २ सय १३ जना सङ्क्रमित थपिएका छन् भने १५ हजार ७ सय ८७ सङ्क्रमित निको भएका छन् । कात्तिक २५ गते १ लाख ९९ हजार ७ सय ६० जना सङ्क्रमित भएकामा मङ्सिर १ गते कूल सङ्क्रमित २ लाख १० हजार ९ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा ८२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता १ सय २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार २ सय ३० पुगेको छ । हालसम्म १६ लाख १३ हजार ९ सय ११ ओटा स्वाबको परीक्षण गरिएको छ । मङ्सिर १ गतेको तथ्याङ्क अनुसार कोभिड सङ्क्रमितमध्ये ८५ प्रतिशत सङ्क्रमित होम आइसोलेशनमा छन् ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित २ सय ७४ जना थपिएका छन् । अघिल्लो साता ४ सय ९० जना थपिएका थिए । कात्तिक २५ गते १९ हजार ६७ सङ्क्रमित रहेकामा मङ्सरि १ गते आइपुग्दा यो सङ्ख्या बढेर १९ हजार ३ सय ४१ पुगेको छ । एक सातामा थप चार जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ मा मङ्सिर १ गतेसम्म १ सय ७१ जनाको मृत्यु भएको छ । एक सातामा ४ सय ८९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कात्तिक २५ गतेबाट मङ्सिर १ गतेसम्म थप १ हजार ४ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । जसमध्ये ८ सय १ जना पुरुष र ५ सय ४२ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या ११ हजार १ सय ५१ रहेको छ । यो साता कोभिड–१९ को१ हजार १ सय २५ जना सङ्क्रमित निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङ्ख्या ९ हजार ७० रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङक्रमणबाट कूल ७३ जनाको मृत्यु भएको छ जसमध्ये यो साता आठ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्सिर १ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल ३ हजार ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की र नवलपरासी (पूर्व) जिल्लामा ५ सयभन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये १ हजार ९ सय ६७ जना होम आइसोलेशनमा छन् भने ७८ जना आइसीयू र दुई जना भेण्टिलेटरमा रहेका छन् । म्याग्दीको बेनीमा कात्तिक १४ गतेदेखि २५ गतेसम्म भएको लकडाउनपछि म्याग्दी उद्योग वाणिज्य सङ्घले कोभिड–१९ को सङ्क्रमणविरुद्ध जनचेतना थालेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कात्तिक २५ गतेदेखि मङ्सिर १ गतेसम्म ५ सय ३४ महिला र ९ सय ६७ पुरुष गरी जम्मा १ हजार ५ सय १ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तराईका जिल्लाहरूमा सबैभन्दा बढी रुपन्देहीमा १ सय ६६ महिला र २ सय ७१ पुरुष गरी ३ सय ३७ जना सङ्क्रमित भएका छन् भने कपिलवस्तुमा सबैभन्दा कम १८ महिला र ४४ पुरुष गरी ६२ जना सङ्क्रमित भएका छन् । यसैगरी पहाडी जिल्लाहरूमा सबैभन्दा बढी पाल्पामा ६१ महिला र ७८ पुरुष गरी १ सय ३९ जना सङक्रमित भएका छन् भने सबैभन्दा कम रोल्पामा सात जना महिला र २५ जना पुरुष गरी ३२ जना रहेका छन् । प्रदेशमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लामा दाङ र रुपन्देही रहेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा मङ्सिर १ गतेसम्म ५ हजार ९ सय ५० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ८० जना सक्रिय सङ्क्रमति छन् । हालसम्म ५ हजार ६ सय ५६ जना निको भइसकेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट यो साता थप एक जनाको मृत्यु हुँदा मृतकको सङ्ख्या १४ पुगेको छ । यो सातामा कर्णालीमा कोभिड सङ्क्रमित ८३ जना थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित ३ सय ५२ जना थपिएका छन् । कात्तिक २५ गते १० हजार ७ सय ११ सङ्क्रमित रहेकामा मङ्सिर १ गते आइपुग्दा यो सङ्ख्या बढेर ११ हजार ६३ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या चार थपिएर ३१ पुगेको छ । एक सातामा १ सय ९९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी कार्यालय लुम्बिनीमा ०८१ माघ ७ गते उजुरी दर्ता भएको छ…