कोभिड–१९ः परीक्षण गरिएकामध्ये ५ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४.८१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले २५ हजार ५ सय ५६ ओटा स्वाब परीक्षण गर्दा १ हजार २ सय ३० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा ७ सय ३० जना सङ्क्रमित निको भए भने नौ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो ।

Coviddata20210406

प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ चैत १७ गतेदेखि चैत २३ गतेसम्मको अवधिमा झापामा चार जना पुरूष र दुई जना महिला गरी ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा सात जना पुरूष र ६ जना महिला गरी १३ जना, मोरङमा १२ जना पुरूष र सात जना महिला गरी १९ जना, पाँचथरमा एक जना महिला, संखुवासभामा तीन जना पुरूष, उदयपुरमा दुई जना पुरूष र दुई जना महिला र धनकुटामा एक जना पुरूष गरी ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भोजपुर, इलाम, ताप्लेजुङ, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र तेहृथुमका यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोभिड–१९ सङ्क्रमितको दर बढेपछि प्रदेश १ सरकारले पूवी नाका काड्डभिट्टामा हेल्थ डेस्क राखि स्वास्थ्य जाँच सुरू गरेको छ । काड्डभिट्टा नाकाबाट नेपालीहरू फर्किने क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ सरकारले कोशी कोभिड–१९ अस्पताल पुन सञ्चालनमा ल्याउने तयारी गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले चैत १८ गते पत्रकार सम्मेलन गरी प्रदेश सरकारले बन्द गरेका कोभिड अस्पताल र जिल्लामा रहेका कोभिड अस्पताल पुन सञ्चालनमा ल्याउने निर्णय भएको बताउनु भएको छ ।

बागमती प्रदेश
यस प्रदेशमा चैत २३ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ५३ हजार ४ सय ४२ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५२ हजार ६ सय ९७ जना कोभिड–१९ का सङ्क्रमित रहेकोमा यस हप्ता ७ सय ४५ जना सङ्क्रमित थपिएका छन् । यो हप्ता अघिल्लो हप्ता भन्दा २ सय २६ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा अघिल्लो हप्तादेखि प्रत्येक हप्ता सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५१ हजार ५ सय ९ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ८ सय १९ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या ५ सय ३३ जना रहेकोमा यो हप्ता २ सय ८६ जना बढ्न गई ८ सय १९ जनामा पुगेको हो ।
चैत २३ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार २४ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ६ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ ।
अघिल्लो साता ३९.६० प्रतिशत महिला र ६०.४० प्रतिशत पुरुष सङ्क्रमित भएकोमा चैत २३ गते पनि सोही प्रतिशतको अनुपातमा महिला र पुरुषको सङ्क्रमित प्रतिशत रहेको छ ।
बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५.१० प्रतिशत रहेकोमा चैत २३ गते आइपुग्दा पनि सोही प्रतिशत कायम रहेको छ ।
यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९.९८ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा चौत २३ गते आइपुग्दा यो सङ्ख्या ९८.८० प्रतिशतमा आएको छ ।
कोभिड १९ को विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्ष्य ६ लाख २ हजार ६ सय को ४६ जना रहेकोमा ३ लाख ९५ हजार ५६ जनाले खोप लागाएका छन् । जुन लक्ष्यको ६५.५५ प्रतिशत मात्र पुरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले चैत २५ गतेदेखि ४० वर्ष माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्ने जनाएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा चैत १७ गतेबाट चैत २३ गतेसम्म थप २ सय १९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ सय ३३ जना पुरुष र ८६ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ७ सय ३५ रहेको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यो साता महिला २१ जना र पुरुष ४७ जना गरी ६८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता सबैभन्दा बढी बाँके जिल्लामा १६ जनामा सङ्क्रण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । गत साता सङ्क्रमित हुनेको सङ्ख्या ९० रहेको थियो ।

सुदूरपश्चिम प्रदेश
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा चैत १७ गतेदेखि चैत २३ गतेसम्म १० जना महिला सहित ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । चैत २३ गते मात्रै सुदूरपश्चिमका बैतडी जिल्लामा एक पुरुष, कैलालीमा तीन महिला सहित पाँच जनामा र कञ्चनपुरमा एक पुरुष गरी जम्मा सात जनामा सङ्क्रमण पुष्टि भएको छ । यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको भएपनि यो साता कोभिडका कारण कसैको मृत्यु भएको छैन । हालसम्म सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ४२ जना महिला र ११ हजार १ सय ५१ जना पुरुष गरी १५ हजार ५६ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेश चैत १५ गतेसम्म २ लाख ८ हजार ८ सय ८ जनाले खोप लिएका छन् ।


अनलाइन डेस्क