कोभिड–१९ः एक सातामा थपिएका भन्दा निको भएका सङ्क्रमित धेरै
एक सातामा थपिएका कोभिड–१९ का सङ्क्रमितभन्दा निको भएका सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ८० बढी रहेको छ । यो एक सातामा १७ हजार ४ सय १० जना सङ्क्रमित थपिएका छन् भने १८ हजार ५ सय ९० सङ्क्रमित निको भएका छन् । गत साता कोभिड–१९ का सङ्क्रमित १६ हजार १ सय जना थपिएका थिए । कात्तिक १८ गते १ लाख ७९ हजार ६ सय १४ जना सङ्क्रमित भएकामा कात्तिक २४ गते कूल सङ्क्रमित १ लाख ९७ हजार २४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक साताको अवधिमा १ सय २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो साता १ सय ८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय २६ पुगेको छ । एक सातामा ७० हजार २ सय ७६ नमूना परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । गत साता ६९ हजार १ सय १८ ओटा स्वाब परीक्षण गरिएको थियो । हालसम्म १५ लाख ५१ हजार २ सय ५४ ओटा स्वाबको परीक्षण गरिएको छ ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक १८ गतेदेखि कात्तिक २४ गतेसम्मको अवधिमा झापामा २ सय ५९ जना पुरूष र १ सय ६७ जना महिला गरी ४ सय २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सुनसरीमा ४ सय ३२ जना पुरूष र ३ सय जना महिला गरी ७ सय ३२ जना, खोटाङमा १२ जना पुरूष र १८ जना महिला गरी ३० जना, मोरङमा ६ सय ७४ जना पुरूष र ४ सय ४० जना महिला गरी १ हजार १ सय १४ जना, उदयपुरमा ५५ जना पुरूष र २५ जना महिला गरी ८० जना, धनकुटामा १९ जना पुरूष र १५ जना महिला गरी ३४ जना, इलाममा १५ जना पुरूष र ११ जना महिला गरी २६ जना, पाँचथरमा १७ जना पुरूष र आठ जना महिला गरी २५ जना, ओखलढुङ्गामा १९ जना पुरूष र ६ जना महिला गरी २५ जना, भोजपुरमा १५ जना पुरूष र दुई जना महिला गरी १७ जना, सङ्खुवासभामा १० जना पुरूष र पाँच जना महिला गरी १५ जना, ताप्लेजुङमा पाँच जना पुरूष, सोलुखुम्बुमा चार जना पुरूष र दुई जना महिला गरी ६ जना, र तेहृथुममा १६ जना पुरूष र पाँच जना महिला गरी २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ५ सय ५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २
एक सातामा प्रदेश २ मा कोभिड सङ्क्रमित ४ सय ९० जना थपिएका छन् । अघिल्लो साता ५ सय २९ जना थपिएका थिए । कात्तिक १८ गते १८ हजार ४ सय ७९ सङ्क्रमित रहेकामा कात्तिक २४ गते आइपुग्दा यो सङ्ख्या बढेर १८ हजार ९ सय ६९ पुगेको छ । एक सातामा थप आठ जना सङ्क्रमितको मृत्यु भएको छ । प्रदेश २ मा कात्तिक २४ गतेसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । एक सातामा ५ सय ६६ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । कात्तिक १८ गते १ हजार ९६ जना सक्रिय सङ्क्रमित भएकामा कात्तिक २४ गतेसम्म आइपुग्दा ८४ घटेर १ हजार १२ मा आएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा कात्तिक २४ गते कोभिड–१९ सङ्क्रमणको सङ्ख्या महिला ४० हजार ८ सय १५ जना र पुरुष ६५ हजार १ सय ९७ जना गरी जम्मा १ लाख ६ हजार १२ जना पुगेको छ । गत साता ९३ हजार ३ सय ३२ जना कोभिड–१९ सङ्क्रमित रहेकोमा यो साता १२ हजार ६ सय ८० जना सङ्क्रमित थपिएका हुन् । अघिल्लो साताभन्दा यो साता नयाँ सङ्क्रमणको यो सङ्ख्या २ हजारले बढी हो । यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८२ हजार ५ सय २० जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा २२ हजार ९ सय ४३ जना उपचाररत रहेका छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या २३ हजार १ सय ३२ जना रहेकोमा यो साता १ सय ८९ जना कम भई २२ हजार ९ सय ४३ जनामा झरेको हो । कात्तिक २४ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ५ सय ४९ जना पुगेको छ । यो गत साताहप्ता भन्दा ५८ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर अघिल्लो साता ०.५३ प्रतिशत रहेकोमा यो साता ०.५२ प्रतिशतमा झरेको छ ।
यस प्रदेशमा महिला सङ्क्रमितको प्रतिशत प्रत्येक साता बढिरहेको छ । अघिल्लो साता ३८ प्रतिशत महिला र ६२ प्रतिशत पुरुष सङ्क्रमित भएकोमा कात्तिक २४ गते आइपुग्दा महिला सङ्क्रमित ०.५ प्रतिशत बढेर ३८.५ प्रतिशत पुगेको छ भने पुरुष सङ्क्रमित ६१.५ प्रतिशत रहेको छ । बागमती प्रदेशमा अघिल्लो साता देशको कूल सङ्क्रमणको सङ्ख्या ५२.८९ प्रतिशत रहेकोमा कात्तिक २४ गते आइपुग्दा बढेर ५३.८१ प्रतिशत पुगेको छ । यस प्रदेशमा २१ देखि ५० वर्ष उमेरका सङ्क्रित दुई तिहाईभन्दा बढी रहेका छन् भने मृत्यु हुनेको प्रतिशत भने ६० वर्ष माथिका उमेरमा बढी रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएकामध्येमा अघिल्लो साता ७४.७ प्रतिशत निको हुनेको सङ्ख्या रहेकोमा कात्तिक २४ गते आइपुग्दा यो सङ्ख्या बढेर ७७.८ प्रतिशत पुगेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कात्तिक १८ गतेबाट कात्तिक २४ गतेसम्म थप १ हजार ६ सय ८३ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये १ हजार ६२ जना पुरुष र ६ सय २१ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङख्या ९ हजार ७ सय २८ रहेको छ । यो साता कोभिड–१९ को सङक्रमणबाट १ हजार २ सय ५१ जना निको भएका छन् । योसँगै प्रदेशमा निको हुनेको कूल सङख्या ७ हजार ९ सय ४५ रहेको छ । हालसम्म प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट ६५ जनाको मृत्यु भएको छ । जसमध्ये यो साता ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कात्तिक २४ गतेको तथ्याङ्क अनुसार प्रदेशमा हाल २ हजार ९ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा ५ सय भन्दा बढी रहेका छन् । सक्रिय सङ्क्रमितहरूमध्ये १ हजार ७ सय ४८ जना होम आइसोलेशनमा छन् भने ७२ जना आइसियू र नौ जना भेण्टिलेटरमा रहेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीबजार क्षेत्रमा कोभिड–१९ सङ्क्रमण रोक्नका लागि सचेत गराउन जनप्रतिनिधिहरू नागरिकको घरमा पुग्न थालेका छन् । कात्तिक २३ गतेदेखि नगर प्रमुख तथा वडा अध्यक्षहरूले थालेको घरदैलो कार्यक्रम नगरपालिकाको सबै वडामा सञ्चालन गरिने बेनी नगरपालिकाले जनाएको छ । पहिलो दिन बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा रहेको सदरमुकाम क्षेत्रमा नगर प्रमुख हरिकुमार श्रेष्ठको नेतृत्वमा घरदैलो गरिएको छ । त्यस्तै कात्तिक १४ गतेदेखि सात दिनका लागि कडा रुपमा गरिएको लकडाउन कात्तिक २२ गते देखि पुनः सात दिन थप गरी २८ गतेसम्म पुर्याइएको छ । लकडाउनको अनुगमनसहित कात्तिक २३ गतेदेखि घरदैलोमा पुगेर सर्वसाधारणको अवस्था बुझ्ने, लक्षण देखिएमा निगरानी बढाउनुका साथै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गराउन कडाइ गर्नका लागि अभियान थालिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारको अवसरमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोभिड– १९ को जोखिम बढ्दै जान थालेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक २० गते भएको बैठकको निर्णय अनुसार देउसी भैलो, रमाइलो मेला लगायतका कार्यक्रममा प्रतिबन्ध लगाइएको हो । बैठकले तिहारको अवसरमा देउसी भैलो नखेल्न, सार्वजानिक रुपमा हिँड्डुल तथा भीडभाड नगर्न, मादक पदार्थ सेवन गर्न, होहल्ला गर्न र जुवातास नखेल्न सर्वसाधरणलाई अनुरोध गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्द बरालले विज्ञप्तिमार्फत जानकारी दिनु भएको छ ।
कास्की जिल्ला प्रशासन कार्यालयले कात्तिक २४ गते एक विज्ञप्ति जारी गरेर तिहार र छठमा भीडभाड नगर्न र पर्व आफ्नै परिवारमा सीमित रही मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जारी गर्नु भएको विज्ञप्तिमा देउसी भैलो नखेल्न, सार्वजानिक रुपमा हिँड्डुल तथा भीडभाड नगर्न, पटाखा जस्ता विस्फोटक पदार्थ किनबेच गर्न नपाइने भनिएको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कात्तिक १८ गतेदेखि कात्तिक २४ गतेसम्म ८ सय ७७ महिला र १ हजार ३ सय ५१ पुरुष गरी जम्मा २ हजार २ सय २८ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तराईका जिल्लाहरूमा सबैभन्दा बढी रुपन्देहीमा २ सय ८७ महिला र ३ सय ७५ पुरुष गरी ६ सय ६२ जना सङ्क्रमित भएका छन् भने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सबैभन्दा कम ३० महिला र ७७ पुरुष गरी १ सय ७ जना सङ्क्रमित भएका छन् । यसैगरी पहाडी जिल्लाहरूमा सबैभन्दा बढी पाल्पामा १ सय ५१ महिला र २ सय ६३ पुरुष गरी ४ सय १४ जना सङक्रमित भएका छन् भने सबैभन्दा कम रुकुम (पुर्व)मा तीन महिला र दुई पुरुष गरी पाँच जना रहेका छन् । प्रदेशमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लामा दाङ र रुपन्देही रहेका छन् । होम आइसोलेशनमा रहनेको सङ्ख्या २ हजार २ सय २ रहेको छ । यसैगरी आइसीयूमा ५४ जना र भेण्टिलेटरमा ६ जना रहेका छन् । प्रदेशमा १८ हजार ५ सय ६७ जना निको भएका छन् । हाल ३ हजार ३ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् भने । १ सय ६१ जनाको कोभिडका कारण मृत्यु भएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कात्तिक २४ गते २० जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५ हजार ८ सय ७३ रहेको छ । जसमध्ये ३ सय ३४ जना सक्रिय सङ्क्रमति छन् । ३ सय ९ जना होम आइसोलेशनमा बसेका र नौ जना आइसीयूमा उपचार गराइरहेका छन् । हालसम्म ५ हजार ५ सय २६ जना निको भइसकेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट यो साता थप एक जनाको मृत्यु हुँदा मृतकको सङ्ख्या १३ पुगेको छ । यस प्रदेशमा एक साताअघि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ३५ रहेको थियो । यो साता २ सय ३८ जना सङ्क्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेश
एक सातामा सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमित ५ सय ४१ जना थपिएका छन् । अघिल्लो साता २ सय ५४ जना थपिएका थिए । कात्तिक १८ गते १० हजार ७४ सङ्क्रमित रहेकामा कात्तिक २४ गते आइपुग्दा यो सङ्ख्या बढेर १० हजार ६ सय १५ पुगेको छ । एक सातामा यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १० थपिएको छ । सुदूरपश्चिम प्रदेशमा कात्तिक २४ गतेसम्म २७ जनाको मृत्यु भएको छ । एक सातामा ५ सय ६६ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् । कात्तिक १८ गते ८ सय ९२ जना सक्रिय सङ्क्रमित भएकामा कात्तिक २४ गतेसम्म आइपुग्दा २८ घटेर ८ सय ६४ मा आएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…