कोभिड सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

  ०७८ जेठ १४ गते

कोभिड सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू २६ वर्षीय डाक्टर चन्द्रप्रकाश साहु, २४ वर्षीया अस्मिन गुरुङ, १९ वर्षीया सदिक्षा गैरै , २५ वर्षीया रिता अधिकारी र २४ वर्षीया भावना श्रेष्ठमाथि दाङ जिल्ला तुलसीपुर नपा–११ का ५० वर्षीय भरत रावत, २८ वर्षीय योगराज रावत र ४८वर्षीय मानबहादुर रावतले जेठ १३ गते दुर्व्यवहार गरेका छन् ।

कोभिड सङ्क्रमणबाट आफन्तको मृत्यु भएको घटनालाई लिएर आरोपितहरूले  उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू माथि आइसियु वार्डमा प्रवेश गरेर दुर्व्यवहार गरेको भेरी अस्पताल, नेपालगञ्जका मेसु डाक्टर प्रकाश थापाले बताउनु भयो ।

डाक्टर थापाका अनुसार ज्यान जोगाउन भागेका स्वास्थ्यकर्मीहरूलाई  चोटपटक लागेको र उनीहरूको स्वास्थ्य उपचार भेरी अस्पतालमा भएको छ । पीडितपक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले घटनाको मौखिक जानकारी पाए लगत्तै आरोपितहरूलाई जेठ १३ गते अस्पताल परिसरबाटै गिरफ्तार गरिएको बताउनु भयो ।


स्मृति देवकोटा