कोभिड नियन्त्रणका लागि इन्सेक लगायत सङ्घ संस्थाद्वारा स्थानीय तहको ध्यानाकर्षण

  ०७८ जेठ १४ गते

इन्सेक लगायतका सङ्घ संस्थाहरूले कोभिड नियन्त्रण गर्न माग गर्दै जेठ १२ गते जिल्लाका सबै स्थानिय तह र कोभिड सङ्कट व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्रमा नागरिहरूको अवस्था प्रति सजग हुनु पर्ने, अक्सिजनको प्रयाप्त व्यवस्था र तयारी गनुपर्ने , कोभिड सङ्क्रमणसँग मिल्दो जुल्दो लक्षण भएका व्यक्तिहरूमा परीक्षणको दायरा बढाउनु पर्ने,  औषधि पसल तथा दैनिक उपभोग्य सामाग्री बिक्री र अभावलाई ध्यान दिनुपर्ने र कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), प्यूठान, नेपाल पत्रकार महासंघ जिल्ला शाखा, हरप्लेस, गैसस महासंघ, मानव अधिकार रक्षक सञ्जाल लगायत सङ्घ संस्थाका प्रतिनिधिहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।


रविन्द्र पाण्डे