कोइला सहज रूपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा सङ्कटमा
वनबाट गोल ( कोइला ) सहज रूपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा नै सङ्कटमा परेको परम्परागत आरन व्यवसायीले गुनासो गरेका छन् ।
बुलिङटारका परम्परागत आरन व्यवसायी खुम बहादुर विश्वकर्माले पछिल्लो समय वनबाट गोल पाउनै छाड्दा आफुहरूको पेशा नै सङ्कटमा पर्न थालेको गुनासो गर्नुभयो । ‘आरन व्यवसायबाट जनतन घरव्यवहार चलाउँदै आएका छौँ । हिजोआज गोल पाउनै मुस्किल छ । गोल नभएपछि काम नै बन्द हुन्छ । काम नहुदा आम्दानी हुँदैन ।’ व्यवसायी खुम बहादुरले भन्नुभयो ।
देवचुलीका आरन व्यवसायी शंकर बिकको पनि गुनासो उस्तै छ । वनबाट गोल सहज रुपमा पाउन नसक्दा काम नै रोकिएको उहाँ बताउनुहुन्छ । बाउबाजेले गरेको पेसालाई आफुले निरन्तरता दिए पनि कोइलाको अभाव हुँदा पुर्खौली कामलाई निरन्तरता दिन कठिन भइरहेको उहाँले बताउनुभयो । अहिले कोइला किनेर सुख दुःखले पुर्ख्यौली व्यवसाय धानिरहेको भएपनि कोइला किन्न पनि नपाइने अवस्था रहेको उहाँले बताउनुभयो । गाउँघरमा समेत ग्यासको प्रयोग बढ्दो हुँदा कोइला बनाउन धेरैले छाडेको उहाँको भनाई छ ।
परम्परागत आरन व्यवसायी संघ नवलपुरका अध्यक्ष गणेश विकले कोइलाको समस्याले पेशा नै सङ्कटमा रहेको गुनासो गर्नुभयो । सामुदायिक वनबाट सहज रुपमा गोल पाउनै नसकिने , पाएपनि महँगो पर्ने हुँदा आफुहरूको पेशा धान्नै गाह्रो भएको उहाँ बताउनुहुन्छ । ‘हामी परम्परागत रुपमा व्यवसाय गर्दै आएका व्यवसायीलाई वनबाट गोल किन्न पनि धौ धौ छ । हामी त निशुल्क रुपमा गोल पाउन पाए हुन्थ्यो भन्ने चाहन्छौ । आर्थिक, सामाजिक रुपमा निकै पिछडिएको वर्ग हामीलाई स्थानीय सरकारले हेरोस् , सामुदायिक वनले हेरोस् भन्ने चाहन्छौ ,तर त्यसो हुन सकेको छैन् । हाम्रो आवाज कसैले सुन्दैनन् ।’ उहाँले भन्नुभयो । ‘हामी पिछडिएको वर्ग भएकै कारण हाम्रो हक अधिकार, हामीले पाउनुपर्ने सेवा सुविधाबाट पनि हामी वञ्चित हुनु परेको छ । केही दिनअघि मात्रै हामिले पहिलो भेला गर्दै परम्परागत आरन व्यवसायी संघ गठन गरेका छौँ , हाम्रा मागहरू हाम्रा अधिकारहरू अब हामी सङ्गठित रुपमा उठाउनेछौ ।’ उहाँले भन्नुभयो ।
यता डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले सामुदायिक वनहरुसंग समन्वय गरेर गोल उपलब्ध गराउने काममा आफुले सहकार्य गर्ने बताउनुभयो । उहाँले सामुदायिक वनको समूह भेलामा आफ्ना मागहरू राख्न व्यवसायीलाई सुझाव समेत दिनुभएको छ । ‘वन समूहले भेला गरेर, वन समूहको कार्ययोजनामा विभिन्न विषय समावेश गर्नुपर्छ । त्यस कार्ययोजनामा आरन व्यवसायीलाई गोल निशुल्क वा सहुलियत दरमा उपलब्ध गराउने भन्ने कुरा पनि उल्लेख भएमा आरन व्यवसायीलाई सहज हुन्छ । त्यसका लागि त उहाँहरु पनि भेलामा सहभागि हुनुपर्यो । आफ्नो माग राख्नुपर्यो । ’ अधिकारीले भन्नुभयो ।
जिल्लामा धेरैजसो दलित समुदायबाट र जिल्लाको पहाडी क्षेत्रमा मगर समुदायबाट समेत परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू रहेका छन् ।
ज्ञानु पंगेनी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…