कैदी शङ्कास्पद मृत्यु घटना : पीडित पक्षद्वारा कारागार प्रशासनविरूद्ध प्रहरीमा उजुरी
सङ्खुवासभा कारागारमा कैद भुक्तान गरीरहेका दुई जना कैदीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कारागार प्रशासनविरूद्ध साउन २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडित पक्षले कारागार प्रशासन र कारागार सुरक्षाकर्मीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि प्रहरीले कारागार प्रशासन मात्र कायम गरी उजुरी दर्ता गरेको छ ।
कारागारबाट भाग्न खोजेको आरोपमा कारागार सुरक्षाकर्मीले निर्घात कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।
मादी नगरपालिका-५ का १९ वर्षिय विनोद तोलाङ्गीलाई कारागारका सुरक्षाकर्मीले निर्घात कुटपिट गरी हत्या गरेको मृतककी दिदी भीमा रम्तेलले बताउनु भयो । उहाँले भन्नुभयो- दुई दिन अघिसम्म फोनमा स्वास्थ्य अवस्था सशकुल छ भनेको भाइले, दुई दिनपछि विनोदको मृत्यु भएको खबर कारागार प्रशासनले अबेर गरीदियो । भाइ बिरामी भएर मरेको होइन, कुटपिट गरी मारिएको हो ।

नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश वलामीको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले साउन २५ गते शव नबुझ्ने अडान लिएपछि प्रहरीले अर्को छानविन समिति गठन गरेको छ ।
कैदीको शङ्कास्पद मृत्यु भएको घटनाको छानविन गर्न कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको टोली साउन २५ गते सङ्खुवासभा आइपुगेको छ ।
कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश वलामीको साउन २४ गते शङ्कास्पद मृत्यु घटना छानविनका लागि प्रदेश प्रहरी कार्यालयको टोली सदरमुकाम आइपुगेको हो ।
प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोपमा आफन्तले साउन २५ गते शव बुझ्न नमानेपछि घटना छानविनका लागि फरकफरक छानविन समिति गठन गरिएको छ ।
कैदीको शङ्कास्पद मृत्यु घटनामा प्रहरीकै प्रत्यक्ष संलग्नतामा रहेको आरोप पीडित पक्षले लगाएपछि प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय टोली जिल्ला आइपुगेको हो ।
प्रहरीको छानविन समितिमा प्रदेश प्रहरी कार्यालयका एसपी कँडेलसहित इन्स्पेक्ट जितेश दाहाल, सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र वलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताउँदै आउनु भएको छ ।
शौचालयको झ्यालको रड काटेर उनीहरू कम्पाउण्डमा निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएर साउन २४ गते राति कारागार प्रशासनको जिम्मा लगाएको डिएसपी गोदारको भनाइ छ ।
कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवैजनालाई कुटपिट गरेको बताउँदै आएका छन् ।
प्रहरीको कुटाइबाट कैदीकन्दीको मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।
कैदीको मृत्यु भएपछि कारागारको आन्तरिक सुरक्षालाई मध्यनजर गर्दै नाइकेसहितका बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनु भयो ।
कैदीबन्दीको हत्या भएको भनेर कारागारभित्र आन्दोलन र भित्रबाट सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि नौ जनालाई बाहिर निकालेर प्रहरी कार्यालयमा लगिएको जेलर घिमिरेले बताउनु भयो ।
अदालतले बलात्कार मुद्दामा तोलाङ्गीलाई १८ वर्ष र चोरी मुद्दामा बलामीमा ३ वर्ष कैद सजायको फैसला गरेको थियो । दुवैजना १ वर्षदेखि कारागारमा थिए ।
घटना छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
पीडित पक्षले शव बुझ्न अस्वीकार गरेपछि जिल्ला अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पीडित परिवारले मृतकको शव पत्रकारसहित हेर्न चाहेकोमा प्रहरीले पत्रकारलाई हेर्न नमिल्ने भनि अवरोध गरेको छ ।
घटना शङ्कास्पद भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले साउन २५ गते विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।
भविन कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…