कैदी मृत्यु घटना एक वर्ष पुरा : पीडित परिवारले पाएनन् राहत र क्षतिपूर्ति
जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका-५ का २० वर्षीय प्रकाश तोलाङ्गी र चोेरी मुद्दामा कैद भुक्तान गरिरहेका नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको कारागाभित्र दिइएको यातनाका कारण मृत्यु भएको तथ्यसहितको प्रतिवेदन इन्सेकले कोशी प्रदेशको राजधानी विराटनगरमा ०८० साउन ३२ गते पत्रकारसम्मेलनमार्फत सार्वजनिक गर्यो ।
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका तोलाङ्गी र बलामीले ०८० साउन २४ गते विहानका राति साढे एक बजे शौचालयको रड काटेर भाग्न खोजेको आरोपमा कारागारका सुरक्षाकर्मी र कारागाभित्रका नाइके, भाइनाइकेसहित कैदीबन्दीले निर्मम यातना दिएका कारण मृत्यु भएको तथ्य इन्सेकले सार्वजनिक गरेको थियो । कारागारमा निर्मम यातना दिएका कारण दुई जना कैदीको मृत्यु भएको ०८१ साउन २४ गते एक वर्ष पुरा भएको छ । तर, राज्यले पीडित परिवारलाई दिने भनेको राहत वा क्षतिपूर्ति पीडित परिवारले अझै पाउन सकेका छैनन् ।
जिल्ला कारागार, खाँदबारीमा सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले राहत तथा क्षतिपूर्ति घटना भएको एक वर्ष पुरा भएपनि अझै पाउन नसकेका हुन् ।
कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरा फुटेजमा देखिएको थियो । पीडित परिवारले रोजगारी ग्यारेण्टी र पठनपाठन निशुल्कसहितको माग राज्यसँग गरेपनि राज्यले घटना भएको एक वर्ष पुरा हुँदा समेत माग सम्बोधन गरेको छैन् ।
घटना लगत्तै जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र सरोकारवाला निकायबिचको छलफलले पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गरेको थियो । ०८० मङ्सिर २४ गते जिल्ला सुरक्षा समितिको बैठकले कारागारमा कुटपिटबाट मारिएका दुई जना कैदीका परिवारलाई क्षतिपूतिका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको भएपनि हालसम्म राहत क्षतिपूर्ति आएको छैन ।
घटना भएको लामो समय वित्दासमेत पीडित परिवारले राहत क्षतिपूर्ति नपाएको भन्दै ०८० मङ्सिरमा राष्ट्रिय मानव अधिकारी कोशी प्रदेशले समेत चासो देखाएको थियो । पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि माग गरेपनि गृह मन्त्रालयबाट हालसम्म ०८१ साउन २४ गतेसम्म कुनै पनि निर्णय नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दुई जना कैदीको कुटपिटपछि हत्या घटनामा संलग्न भएको आरोपमा सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उक्त मुद्दाको जिल्ला अदालतबाट हालसम्म कुनै फैसला भएको छैन ।
जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा ०८० भदौ २७ गतेको आदेशले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्थुम पठाउन आदेश भएको थियो । कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै ०८० भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्र समेत बुझाएका थिए । दुई जना कैदीको कुटपिटपछि हत्या घटनाका आरोपमा ०८० भदौ २७ गते जिल्ला अदालतले सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो । उक्त मुद्दामा जिल्ला अदालतले हालसम्म थप ५८ जना कैदीबन्दी सँग बकपत्र (बयान) लिइसकेको जिल्ला अदालतका सूचना अधिकारी इश्वरी भण्डारीले बताउनु भयो । सो मुद्दा साउन २३ गते सम्म फैसला भएको छैन ।
जिल्ला अदालतले प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदी जतिलाई जिल्ला कारागार, तेह्थुम पठाउन आदेश दिएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…