कैदी मृत्यु घटनाः माग सम्बोधन गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र
खाँदवारी नगरपालिका-१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका कैद भुक्तान गरिरहेको अवस्थामा कुटपिटबाट मारिएका आकाश बलामीको परिवारले क्षतिपूर्ति माग गर्दै गृह मन्त्रालयमा माग पत्र बुझाएको छ ।
कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीकी २९ वर्षीया पत्नी लक्ष्मी श्रेष्ठले भदौ २१ गते गृह मन्त्रालयमा माग पत्र बुझाउनु भएको हो ।
पतिको मृत्यु भएपछि आर्थिक सङ्कटसँगै सात वर्षीया छोरीको भविष्य असुरक्षित भएको, काजक्रिया खर्च नभएको र क्षमता अनुसार आफूलाई रोजगारी दिलाइन दिन पीडित लक्ष्मीले सरकारसँग माग गर्नु भएको छ ।
पीडित परिवारका माग सम्बोधनका लागि गृह मन्त्रालयलाई माग-पत्र बुझाएको र पत्रको दर्ता नम्वर १६६ रहेको पीडित परिवारले जनाएको छ ।
जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेको अवस्थामा कारागारबाट भाग्न खोजेको आरोपमा कारागारका सुरक्षाकर्मी र कैदीबन्दीको निर्घात कुटपिटका कारण सङ्गखुवासभा मादी नगरपालिका-५ का ३० वर्षीय प्रकाश तोलाङ्गी र २८ वर्षीय आकाश बलामीको ०८० साउन २४ गते मृत्यु भएको थियो ।
घटनाका विषयमा इन्सेकले साउन २६ गतेदेखि साउन २८ गतेसम्म घटनाको स्थलगत अनुगमन गरी यातनाका कारण कैदीबन्दीको मृत्यु भएको निश्कर्ष साउन ३२ गते सार्वजनिक गरिसकेको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…