कैदी मृत्यु घटनाः प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी

जिल्ला कारागारभित्र दुई जना कैदीको हत्या घटनामा प्रहरीसहित आरोपित १२ जनालाई अदालतमा बुझाउने तयारी गरिएको छ।

कैदीको हत्या घटनामा मुछिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा प्रहरीले अदालतमा बुझाउने तयारी गरेको हो ।

कैदीको हत्या घटनामा प्रहरी र चौकीदारसहित १२ जना अनुसन्धानका लागि हिरासतमा छन् । कैदी हत्या घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तब्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

कैदी हत्या घटनामा अनुसन्धान भइरहेका प्रहरी र चौकीदारसहित १२ जनाको मुद्दा अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डीएसपी वीरेन्द्र गोदारले बताउनु भयो।

कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो ।

घटनामा संम्लग्न देखिएका प्रहरी र कैदीसहित १२ जनाको मुद्दा केही दिनभित्र अदालतमा बुझाउने तयारी भएको डीएसपी गोदारले बताउनुभयो ।

कैदी हत्या घटनामा प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारवाही हुने प्रहरीले जनाएको छ ।

घटना लगत्तै गृहमन्त्रालयले कारागार विभागका निर्देशक कमल प्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोली बनाएको थियो ।

गृहमन्त्रालयले छानविन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

कैदी हत्या प्रकरण प्रत्यक्ष संम्लग्न देखिएका ५ जना प्रहरीलाई विभागीय कारवाहीका लागि सिफारिस गरिएको छ ।

 कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी माथि जिल्ला अदालत बाट भदौ १ गते दोस्रो पटक पुन ः म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

असई चौधरी सहित ११ जना विरुद्ध कर्तब्य ज्यान मुद्दामा दर्ता गरेर अनुसन्धान भइरेहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले ०८० साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।

कारागार निमित्त प्रमुख घिमिरेलाई भने हालसम्म पक्राउ गरिएको छैन ।

प्रहरीले घटना लगत्तै कारागार सुरक्षमा खटिएको १० प्रहरी र चौकीदार सहित ९ कैदीलाई नियन्त्रणमा लिएको थियो ।

कुटपिटबाट गत साउन २४ गते सङ्खुवासभा मादी नगरपालिका –५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।

कारागार निमित्त प्रमुख घिमिरे निलम्बन

जिल्ला कारागार सङ्खुवासभाका निमित्त प्रमख राजेन्द्र घिमिरेलाई निलम्बन गरिएको छ ।

जिल्ला कारागार सङ्खुवासभाका निमित्त प्रमख घिमिरेलाई निलम्बन गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउनुभयो ।

प्रमुख घिमिरेलाई निमित्त पीडितले दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत सङ्खुवासभाले गत साउन २८ गते पक्राउका लागि अनुमति दिएको थियो ।

घिमिरे विरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै निलम्बन हुने प्रजिअ कार्कीले बताउनुभयो ।


भविन कार्की