कैदीमाथि कुटपिट भएको परिवारजनको आरोप
लागुऔषध मुद्दामा जिल्ला कारागार, कञ्चनपुरमा कैद सजाय भुक्तान गरिरहेका कैलाली जिल्ला गोदावरी नगरपालिका–५ गेटाका २४ वर्षीय सुवास भट्टमाथि जिल्ला कारागार, कञ्चनपुरका कैदीबन्दीहरूले कुटपिट तथा धम्की दिने गरेको पीडित परिवारको आरोप छ ।
कारागार भित्रै भट्टमाथि कुटपिट भएको भन्दै पीडित परिवारहरूले साउन २९ गते जिल्ला कारागार, कञ्चनपुर घेराउ गरेपछि विवाद उत्पन्न भएको थियो ।
कैदीबन्दीहरू मिलेर कुटपिट गर्ने र पासो देखाएर मारिदिन्छौँ भनेर धम्की दिने गरेकाले आफ्नो सुरक्षाका लागि पहल गरि दिन भनेर सुवासले फोन गरेपछि भेटघाटका लागि जिल्ला कारागार, कञ्चनपुरमा जाँदा कारागार प्रशासनले भेटघाट गर्न नदिएको पीडितका दाजु किरण भट्टको आरोप छ ।
‘कैदीबन्दीले कुटपिट गर्ने, खान, सत्न नदिने, पैशा माग्ने र मार्ने धम्की दिने गरेको भनेर भाईले फोन गर्यो । तीन / चार दिनमा मार्दैछन् । २० हजार रूपियाँ दिए म बाच्छु भनेर फोन गरेको थियो । त्यसपछि हामी भेट्न कारागार आयौँ । तर, भाइलाई भेटन् ्नै दिइएन् । असुरक्षित महसुस गरेर भाईलाई जेल स्थानान्तरण गर्न माग गरेका छौँ ।’ उहाँले भन्नु भयो– कैदी भाईका लागि सात महिनामा ५५ हजार रूपियाँ कारागारमा पठाएको र चौकीदार टेकराज जोशी र नाइके प्रकाश मल्लले सो रकम प्रयोग गर्ने गरेको उहाँको आरोप छ ।
कारागारका चौकीदार र नाइकेले कैदीबन्दीबाट रकम असुल्ने गरेको कैदीबन्दीका आफन्तहरूको आरोप छ । भीमदत्त नगरपालिका–१३ बडैपुरकी कमला धामीले जिल्ला कारागार, कञ्चनपुरमा कैद भुक्तान गरिरहेका छोराले प्रत्येक महिना २ / ३ हजार रूपियाँ माग्ने गरेको र भेटघाट गर्न जाँदा छोरालाई राम्रोसँग बोल्न नदिने गरेको दुखेसो पोख्नु भयो ।
जिल्ला कारागार, कञ्चनपुरका चौकीदार टेकराज जोशीले अहिलेसम्म कुनै पनि कैदीबन्दीबाट रकम असुल्ने कार्य नभएको बताउनु भयो । कारागारका नाइके प्रकाश मल्लले अन्यत्र जेलमा जानका लागि सुवासले झुट्टो आरोप लगाएको र आफूहरूले कुटपिट तथा रकम असुल्ने कार्य नगरेको बताउनु भयो ।
जिल्ला कारागारका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कसैले पनि कुटपिट नगरेको र कैदीबन्दीका आफन्तहरूलाई भेटघाट गर्न समेत दिएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कारागारमा आउँदा अनुसाशित देखिएकाले सुवासलाई अशक्त र बिरामी राख्ने बल्कमा राखिएको थियो । हाल उहाँको व्यवहार ठिक नभएपछि बल्क परिवर्तन गरेउ । बल्क परिवर्तन गरको भन्दै अनावश्यक सूचनाहरू परिवारमा पुगाएर विवाद उत्पन गरेका हुन् ।’
आफूलाई कुटपिट भएको भन्दै कैदी सुवासले परिवारका सदस्यलाई जानकारी गराएको र उहाँको स्वास्थ्य परीक्षण गर्दा कुटपिट गरिएको नदेखिएको कारागारका अहेब भानदेव जोशीले बताउनु भयो ।
कैदीबन्दीले एक अर्कासँग रकम असुल्ने गरेको भन्ने सम्बन्धमा अहिलेसम्म आफूकहाँ गुनासो नआएको जेलर थापाले बताउनु भयो । गोप्य रूपमा उजुरी दिनका लागि गुनासो पेटिको पनि व्यवस्था गरिएको, हालसम्म कसैले पनि रकम असुल्ने गरिएको भनेर जानकारी वा गुनासो नगरेको र कैदी सुवासका परवारजनको अनुरोधमा सुवासलाई साउन ३० गते जिल्ला कारागार, दाङमा स्थानान्तरण गरिएको उहाँले बताउनु भयो ।
९५ जनाको क्षमता रहेको जिल्ला कारागार, कञ्चनपुरमा ४ सय ४७ जना कैदीबन्दी रहका छन् भने कैदीबन्दी व्यवस्थापनका लागि चौकीदार, नाइके र सहनाइके गरी तीन जना बन्दीलाई जिम्मेवारी दिइएको छ ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…