कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए ।
कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न इन्सेकले विभिन्न निकायमा पहल गरिरहेको थियो । २१ औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न संस्थाहरूको सहयोगमा पुस्तकालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनु भयो । शर्माले ध्यानाकर्षणको लागि इन्सेक र सहयोगको लागि सबै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
पुस्तकालय स्थापना गरेर पहिलो चरणमा कर्मचारी मिलन केन्द्रले १२ हजार रुपियाँ, नेपाल निजामती कर्मचारी युनियन गुल्मीले १० हजार रुपियाँ र जिल्ला प्रशासन कार्यालय सहितका संस्थाहरूको २० हजार गरेर ४२ हजार रुपियाँका पुस्तक हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । कैदी जीवन बिताइरहेका कैदीबन्दीलाई अध्ययनमा सहजीकरण गर्नका लागि कारागारको पुस्तकालयले फाइदा पुग्ने भएकाले पुस्तक सहयोग गर्न शर्माले सबैलाई आग्रह गर्नुभयो । पुस्तकालय स्थापना भएपछि कैदीबन्दीहरूको समय व्यावस्थापनमा सहजीकरण हुनेछ । कारागारमा पढ्ने युवा अवस्थाका धेरै कैदीबन्दीहरू रहेका छन् ।
कैदपछिको जीवन सरल बनाउन अध्ययनले निकै फाइदा पुग्ने कारागारका नाइके हरिबहादुर थापाले बताउनु भयो । ‘साँघुरो ठाउँमा धेरै आवश्यकता पुरा हुँदै गएका छन् । पुस्तकालयको माग वर्षौँदेखि गरेका हौँ । वर्षौँको चाहाना पुरा गर्ने सबैलाई धन्यवाद', थापाले भन्नुभयो । इन्सेककै आग्रहमा नेपाल निजामती कर्मचारी सङ्गठनले स्थापना दिवसको अवसरमा ०८१ वैशाख ६ गते गुल्मी कारागारमा टिभी प्रदान गरेको थियो ।
गुल्मी कारागारमा अहिले कुल १ सय ८ जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता भएका कारागारमा करिव पाँच गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या छ । तर, पनि सङ्घ संस्थाहरूको पहल र समन्वयमा भएका सहयोगले केही राहत महसुस भएको कारागार प्रमुख रेश्मीराज पन्थीले बताउनु भयो । उहाँले सामग्रीको सहयोग संस्थाहरूबाट भइरहेकाले राज्यको तर्फबाट भौतिक संरचनामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले पुस्तकालय संरक्षण र अझै व्यवस्थित गर्दै लैजाने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक वर्षदेखि पुस्कालय सञ्चालनमा रहेको छ । इन्सेकले प्रहरी हिरासत र कारागारको पुस्तकालयको लागि आफ्ना प्रकाशनहरू प्राची र वर्ष पुस्तकहरू सहयोग गरिरहेको छ ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…