कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले खोटाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगकी सदस्य एवम् प्रवक्ता मोहना अन्सारीद्वारा साउन २५ गते हस्ताक्षरित विज्ञप्तिमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनद्वारा प्रदत्त सुरक्षित रूपमा बाँच्न पाउने प्रत्येक व्यक्तिको जीवन र स्वास्थ्यको अधिकारबाट प्राकृतिक प्रकोपका कारण खोटाङ जिल्ला कारागारका कैदीबन्दी वञ्चित भएको भन्दै जिल्लाका कैदीबन्दीलाई तत्काल सुरक्षित स्थानमा सार्न माग गरिएको हो ।
जारी विज्ञप्तिमा प्रकोपबाट कारागारका पर्खाल चिरापरेका र जुनसुकै बेला कैदी बन्दीको जीवन सङ्कटमा पर्ने देखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
पहिरोको कारण खोटाङ जिल्ला कारागारको भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा कारागारमा रहेका कैदीबन्दीहरूको जीवन जोखिममा रहेको सम्बन्धमा आयोगको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा महिला कैदीबन्दीको शौचालय र भान्छा कोठासँगै भएको कारण स्वास्थ्यमा समस्या परेको, बालबच्चा बिरामी परेको, समयमा औषधि उपचार नपाउने गरेको, दुषित खानेपानी र ढुसी आएर अमिलिएको चामलको कारण कैदीबन्दीको स्वास्थ्य अवस्था विग्रँदै गएको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा भनिएको छ-'कारागारहरूको अवस्था अनुगमन गरी यस अघि ०७२ असार २७ गते कारागार सुधारको लागि आयोगले सिफारिश गरेकोमा हालसम्म कार्यान्वयन नहुनु दुःखद् पक्ष हो ।'
जिल्ला कारागार खोटाङ्मा पाँच जना आश्रति बालबालिका, ९४ जना पुरुष र १४ जना कैदीबन्दी रहेको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख दिपक घिमिरेले जानकारी दिए ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…
बाल विवाह र बहु विवाहको कसुरमा कैद
हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद सजाय भएको छ । जिल्ला…