कैदीद्वारा जेलभित्रै आत्महत्या
जिल्ला कारागार इलाममा कैद सजाय भुक्तान गरिरहेका इलाम नपा-४ का ३५ वर्षीय राजकुमार खाती भदौ १६ गते बिहान कारगारमै झुण्डिई मृत अवस्थामा फेला परेका छन् । प्रहरीले खातीले झुण्डिएर आत्महत्या गरेको जनाएको छ ।
चोरी मुद्दामा जेल सजाय भुक्तान गर्दै आएका खातीलाई बिहान शौचालयको भेन्टिलेशनमा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेट्टाइएको कारागारका निमित्त प्रमुख सिर्जना लुईंटेलले जानकारी दिइन् ।
खाती ०७० साल साउनमा कारागार चलान भएका थिए । उनको कैद अवधि ०७६ सालसम्मको रहेको निमित्त प्रमुख लुईंटेलले जानकारी दिइन् । खातीको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतामा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुद्र चुडालले जानकारी दिए ।
कोकिला ढकाल
सम्बन्धित समाचारहरू
बालविवाहविरुद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकाको सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका २५ वर्षीय मिथलेश रायसँग बालविवाह भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ २५ गते उजुरी दर्ता भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरहीका ४२ वर्षीय…
बलात्कार घटनाकाे कसुरमा १२ वर्ष कैद र जरिवाना
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदारलाई जेठ २६ गते १२ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…