मोरङ कारागारमा एक जना कैदीको मृत्यु

जिल्ला कारागारका कैदी पथरी शनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा ०८१ जेठ ८ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

बिहान ११ बजे खाना खाइसकेपछि अस्वस्थ्य भएका थापाको उपचारका क्रममा कोशी अस्पतालमा जेठ ८ गते मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताउनु भयो ।

मुटु सम्बन्धी रोग भएका थापा जेठ ८ गते खाना खाएपछि अस्वस्थ्य भएको र तत्काल उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको जेलर बताउनु भयो ।

मृतक परिवारले जेठ ८ गते शव बुझी पथरी शनिश्चरे नगरपालिका-१० स्थित डाँस खोलामा सद्गत गरेको छ ।

थापा लागू औषध मुद्दामा जिल्ला अदालतले ०८० फागुन १० गते दुई वर्ष कैद सजाय तोकिएदिएपछि कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।


विनोद सुवेदी