केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ ।
केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नो केवलकार समूहको आक्रमणमा नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरीका नौ जना गरी २० जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली प्रहारबाट चार जना घाइते भएका छन् ।
नो केवलकार समूहले आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले बताउनु भयो । प्रमुख जिल्ला अधिकारीले भन्नुभयो ‘उनीहरूले माथिबाट प्रहरीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ ।
प्रहरीले चलाएको गोली प्रहारबाट विरोधी समूहका तेहृथुम जिल्ला, म्याङलुङ नगरपालिका-९ का ३६ वर्षीय यामबहादुर लिम्बू, मिक्लाजुङ गाउँपालिका-५ का सगुन लावती, फुङलिङ नगरपालिका-८ का २० वर्षीय धर्म पालुङ्गवा र मिक्लाजुङका १७ वर्षीय बालक मंगोल लावती घाइते हुनु भएको छ ।
यामबहादुरको बाँया गोडामा गोली लागेको छ । उहाँको जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नोबेल अस्पताल, विराटनगर रेफर गरिएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । सगुन लावती अगाडीको बाँया छातीबाट गोली लागि पछाडीबाट बाहिरिएको र स्वास्थ्य अवस्था मध्यम रहेको छ । धर्म पालुङ्वाको बाँया कुममा चोट लागि हड्डी भाँचिएको छ । घाइते सगुन र धर्मलाई उपचारका लागि नोवेल रेफर गरिएको छ । मंगोल लावतीको बाँया आँखामा चोट लागेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नो केवलकार समूहसँगको झडपमा नेपाल प्रहरीका ११ जना र सशस्त्र प्रहरीका नौ जना घाइते भएका छन् ।
केवलकार निर्माण खारेजीको माग गर्दै ०८१ माघ १३ गतेदेखि आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरू बलुडाँडामा भेला भएका छन् । यो क्षेत्रलाई पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरी टोली पहिचान पक्षधरलाई तितरबितर पार्न ०८१ माघ १२ गते दिउँसो सो क्षेत्रमा पुगेको थियो । माघ १२ गते साँझ पुन प्रहरी सेल्टर क्षेत्रमा पुगेपछि आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेपछि प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा पौडेलले बताउनु भयो ।
शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले आरोप लगाउनु भएको छ ।
एलिना दियाली
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…