केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ ।
पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप मादेन, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-५ का लक्ष्मण लिम्बू र तेहृथुम म्याङलुङका चन्द्रसागर लिम्बूलाई प्रहरीले माघ २३ गते रिहा गरेको हो ।
पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले माघ १५ गते सदरमुकामबाट गिरफ्तार गरेको थियो ।
लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई प्रहरीले ०८१ माघ १२ गते प्रहरीलाई ढुङ्गा प्रहार गरेको आरोपमा बलुडाडाँ क्षेत्रबाट गिरफ्तार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक वस्नेतले तीनै जनालाई जिल्ला अदालतमा उपस्थित गराई धरौटीमा रिहा गरेको बताउनु भयो ।
आन्दोलनरत पक्षले सरकारसँग वार्ता सहजीकरण टोली गठन गरेको र सो टोलीसँग गृह मन्त्रालयले माघ २२ गते गरेको सहमतिका आधारमा तीनै जनालाई अदालतमा हाजिर गराइ रिहा गरिएको बस्नेतले बताउनु भयो ।
जिल्ला अदालतमा माघ २३ गते प्रदीप मादेनले १० हजार रुपियाँ र लक्ष्मण र चन्द्रसागर लिम्बूले जनही ५ हजार रुपियाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताउनु भयो ।
सरकार र आन्दोलनरत पक्षबिच माघ २२ गते भएको सहमति अनुसार ०८१ माघ २७ गते पुन वार्ता हुँदैछ ।
आन्दोलनरत पक्षले भने केवलकार निर्माण खारेजीको मागलाई प्राथमिकतामा राखेको छ ।
नो केवलकार समूहले आफ्ना कार्यकर्तालाई बिना शर्त रिहालगायतको माग राख्दै अरूण पूर्वका नौ जिल्ला बन्द गरेका थिए ।
आन्दोलनरत पक्ष र सरकारबीच माघ २२ गते भएको वार्तामा गिरफ्तारीमा परेका कार्यकर्तालाई रिहा गर्ने सहमति थियो ।
एलिना दियाली
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…