केन्द्रीय कारागार भवनको पहिलो युनिट सञ्चालनमा
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको पहिलो युनिट सञ्चालनमा ल्याइएको छ ।
विदुर नगरपालिका–६ चण्डीपोखरी खम्बाक्याम्पमा निर्माण गरिएको कारागारको पहिलो युनिटको गृहमन्त्री रमेश लेखकले ०८१ भदौ १५ गते उद्घाटन गर्दै औद्योगिक कारागारको रूपमा विकास गरी बन्दीहरूलाई आयआर्जनमा सहभागी गराउने बताउनु भयो । ‘कारागारलाई उत्पादनशील बनाएर औद्योगिक रूपमा विकास गर्ने योजनामा छौं । यहाँ जग्गा धेरै रहेकोले आर्थिक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्नेछौं’ मन्त्री लेखकले भन्नुभयो ।
मन्त्री लेखकले कैदीबन्दीको पनि अधिकार हुने भएकोले उनीहरूको अधिकारलाई प्रत्याभूत गराउन सुविधासम्पन्न कारागार निर्माण गरिएको बताउनु भयो ।
नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले मुलुकमा १६ हजार कैदी बन्दी अट्ने क्षमता भएको कारागार रहे पनि हाल २८ हजारभन्दा बढी कैदीबन्दी राखिएकोबाट नै नेपालको कारागारको खराब अवस्था रहेको स्पष्ट हुने बताउनु भयो । महान्यायाधिवक्ता बडालले कैदीबन्दीको कानुनी अधिकारलाई स्थापित गराउन र उनीहरूलाई उद्यममा जोड्नको लागि यो कागागार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
पहिलो चरणमा १ हजार ३ सय ७० जना क्षमताको कैदीबन्दी राख्ने पहिलो युनिट निर्माण सम्पन्न भएको हो । ६ सय ४५ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा पहिलो युनिट निर्माण गर्न ४५ करोड ४२ लाख रुपियाँ खर्च भएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो ।
पहिलो चरणमा कारागार कार्यालय नुवाकोटका १४ महिलासहित १ सय ६३ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ भने काठमाडौंबाट १ सय ५० जनालाई स्थानान्तरण गरी ल्याइएको छ । केही साताभित्रै काठमाडौंबाट थप ५ सय कैदीबन्दीलाई स्थानान्तरण गरी ल्याइने कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यले बताउनु भयो ।
खेलमैदानसहित आधुनिक र सुविधा सम्पन्न कारागारको रूपमा निर्माण सम्पन्न गर्ने योजनाको साथ सुरु गरिएको नुवाकोटको केन्द्रीय कारागारको सबै संरचना निर्माण सम्पन्न भएमा २० प्रतिशत महिलासहित ७ हजार कैदीबन्दीलाई राख्न सकिनेछ ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध छ: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमसहितको इन्सेकको टोलीसँग कुरा गर्दै मन्त्री लेखकले सो कुरा बताउनु…