कृष्ण अधिकारी हत्या प्रकरणः पेशी २० औं पटक पनि सर्‍यो

  ०७४ पुस २६ गते

पुस २६ गते बुधबारका लागि पेशी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा २० औँ पटक पुनः अर्को पेशी मिति तोकिएको छ ।

चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार ०७४ फागुन १३ गते आइतबारका लागि पेशी चढेको छ । यस मुद्दा हेर्ने न्यायाधीश कुलप्रसाद शर्मा विदामा रहेकाले पेशी पुन सरेको जानकारी दिइएको छ ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुवा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए ।

त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । अधिकारीको हत्या २०६१ जेठ २४ गते अपहरण पछि भएको थियो ।


दिपेन्द्र अधिकारी