कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः १० महिनामा ११ औँ पटक पेशी सर्यो
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा पुस २५ गतेका लागि तोकिएको पेशी सरेर ११ औं पटकको पेशीका लागि आगामी माघ १९ गते तोकिएको छ । पुस २५ गते तोकिएको पेशी अदालतको प्रशासनिक कार्यले गर्दा सार्नु परेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।
दश वर्षे सशस्त्र द्वन्द्वका घटनाहरूमध्ये कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धको घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकारकर्मी, सङ्घसंस्था, पत्रकार, नागरिक समाजलगायतले निकै चासोका साथ लिएका छन् ।
०७२ फागुन २७ गतेबाट पेशी सर्दै आएकोमा ०७३ पुस २५ गतेसम्म आइपुग्दा १० पटक पेशी सरेर ०७३ माघ १९ गतेका लागि ११ औँ पटकको पेशी तोकिएको हो । अदालतका अनुसार ०७३ मङ्सिर १२ गते इजलास नबसेको, कात्तिक २३ गते इजलास नबसेको, असोज ११ गते बहस नोट पेश गर्ने आदेश भएको थियो । त्यस्तै असोज ९ र १० गते हेर्दाहेर्दैको अवस्थामा मुद्दा अघि बढेकोमा असोज ११ गते बहस नोट पेश गर्ने आदेश न्यायाधीश टेकनारायण कुँवरबाट भएको थियो ।
०७३ भदौ २६ गते अन्य कारण भनी पेशी सारिएकोमा असार २९ गते न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले जिल्ला सरकारी वकिल कार्यालयमार्फत झिकाई आएपछि वकपत्रका लागि इजलाससमक्ष पेश गर्ने भनी आदेश भएको थियो ।
०७३ वैशाख २३ गते जाहेरवाला वुझ्ने आदेश भएको थियो भने ०७२ फागुन २७ गते साक्षी वकपत्रको आदेश भएको थियो । न्यायाधीशहरू टेकनारायण कुँवर, कविप्रसाद न्यौपाने र वासुदेव पौडेलको बेञ्चले मुद्दा हेर्ने अदालतले जनाएको छ ।
गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले ०७३ असोज ९ गते आइतबार गर्ने जनाएको थियो । सूचना अधिकारी बरालले प्रमाण बुझ्ने र वकपत्र लिने काम सकिएकाले असोज ९ मै अन्य कारण नभएमा फैसला हुन सक्ने बताएका थिए ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै लामोसमयदेखि अनसनरत आमा गङ्गामायाले गत भदौ २७ गते मात्र अनसन तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदार सहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामाया सँग वकपत्र गरेको थियो ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ जेठ २४ गते कृष्णको अपहरण गरी हत्या गरेको आरोप छ ।
चितवन जिल्ला अदालतले ०७१ वैशाख ४ गते किटानी जाहेरीमा आरोप लगाइएका मध्ये आठ जनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् । जसमध्ये रूद्र आचार्य बेलायतमा लुकेर रहेको बताइँदै आएको छ ।
हत्या आरोपित मध्ये माओवादी कार्यकर्ता छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिए पनि प्रहरीले उनलाई हालसम्म गिरफ्तार गरेको छैन ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…