कुश्मा नगरपालिकाका प्रमुख आचारसंहिता विपरित चुनावी प्रचारमा
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी निर्वाचन आचारसंहिता विपरित आफ्नै नगरपालिकाभित्र चुनावी प्रचार प्रसारमा लाग्नुभएको छ ।
जोशीले कात्तिक १८ गते बिहान भएको कुश्मा नगरपालिका–७ को चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएको तस्विर आफैँ सामाजिक सञ्जालमा पोष्ट गर्नुभएपछि सो कुरा सार्वजनिक भएको हो ।
निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचारण अन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था रहेको छ ।
प्रमुख जोशी भने उक्त व्यवस्था प्रतिकूल हुनेगरीे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवारको प्रचारमा लाग्नुभएको हो ।
आचारसंहिता विपरित किन प्रचार अभियानमा लाग्नुभयो भन्ने इन्सेक प्रतिनिधिको जिज्ञासामा जोशीले तस्विर मात्रै लिइएको तर प्रचारमा नहिँडेको बताउनु भयो ।
निर्वाचन कार्यालय पर्वतले जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पटकपटक आफ्नै स्थानीय तहभित्र आचारसंहिता विपरित प्रचारप्रसारमा नहिँड्न अनुरोध गर्दै आएको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…