कुवाको पानी थाप्न घण्टौँ लाइन बस्छन् नगरबासी
बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट आधा घण्टाको दुरीमा रहेको भिरलाङखुरीका स्थानीयको दिन र रात पानीको लाइन बसेरै बित्ने गरेको छ ।
जिल्ला सदरमुकामको नजिक भएर पनि यहाँका स्थानीयहरू रात र दिन गरेर दैनिक २२ घण्टा कुवाको पानीमा लाइन बस्न बाध्य छन् ।
बागलुङ नपा–६ मा पर्ने यस स्थानका १ सय ८६ घरधुरीका बासिन्दाहरूले पिउने पानीको समस्या वर्षौँदेखि खेप्दै आएका छन् ।
‘प्रत्येक घरका एकजना सदस्य पानीको लाइन बस्नकै लागि खटिनु पर्ने यहाँको बाध्यता छ ।’–स्थानीय रूद्र केसीले भने–‘कुवा र मुलको पानी एक घण्टामा २० लिटरमात्र भर्न सकिन्छ ।’ केसीका अनुसार नगरपालिका भित्रका बासिन्दा भएर पनि घण्टौँ लाइन बसेर कुवाको पानी पिउनु पर्ने बाध्यतामा परेका नगरबासी बिहान २ बजेदेखि रातको १२ बजेसम्म पानीकै लाइनमा बस्ने गरेको केसीले बताए ।
‘हामीलाई खानेपानीको ठुलो समस्या छ । गाउँमा आउने सबैलाई समस्या सुनाएका छौँ । समाधान गर्छाैँ पनि भन्छन् । तर, अझैसम्म समाधान भएको छैन ।’–स्थानीय रञ्जिता सुवेदीले भनिन् । पानीको लाइन बस्दा अरू काम समयमा गर्न नसकेको उनको गुनासो छ । ‘खानेपानी लिन धाउँदा छोराछोरी समयमा स्कुल पठाउन सकिँदैन । समयमा खान बनाउन र मेलापात जान भ्याइँदैन ।’–सुवेदीले भनिन् ।
बाग्लुङ नपा–६ का वडाध्यक्ष खेमराज सापकोटाले गाउँका जनतालाई पानीको निकै समस्या भएकाले समाधानको प्रयास भइरहेको बताए । ‘पानीको समस्याबारे हामी गम्भीर छौँ । जनप्रतिनिधिका रूपमा हामी आइसकेपछि एक घर एक धारा अभियान सञ्चालन गरेर काम गरिरहेका छौँ ।’–उनले भने–‘यो समस्या तत्कालै नहटे पनि समस्या घटाउने गरी काम जारी छ ।’
अहिले स्थानीय जनसहभागितामा धारा जडान गरेर पाइप बिच्छ्याउने काम भइरहेको उनले बताए । कुवाको पानीले समस्या भएपछि गाउँ नजिकैको मौरीभीरको पानीसमेत ल्याइएको छ । जनसङ्ख्याको धेरै भएकोले पनि समस्या समाधान नभएको अध्यक्ष सापकोटाले प्रतिक्रिया दिए ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…