कुपोषित बालबालिकाले दुई महिनादेखि उपचार पाएनन्
जिल्ला स्वास्थ्य कार्यालयमा कुपोषित बालबालिकाका लागि आवश्यक पर्ने रूटिफ नामक पोषणयुक्त प्लानपिट (तयारी खानेकुरा) दुई महिनादेखि सकिएपछि जिल्लाभर शीघ्र कुपोषित बालबालिकाले उपचार पाएका छैनन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हालसम्म ढुवानीको व्यवस्था नगर्दा कुपोषित बालबालिकाका लागि जिल्लाका ६ वटा उपचारकेन्द्र मुगुम कार्मारोङ्ग गाँउपालिकाको माँग्री, सोरु गाँउपालिकाको नार्थपु र धैनाकोट खत्याड गाँउपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र रातापानी, सोही गाउँपालिकाको श्रीकोट स्वास्थ्य चौकी र छाँयानाथ रारा नगरपालिकाको जिल्ला अस्पतालमा त्यस्ता बालबालिकाको उपचार हुने भएपनि ढुवानीका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था नगर्दा कुपोषित बालबालिकाले उपचार नपाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले दिएको जानकारी अनुसार जिल्लाका ६ सय बालबालिका शीघ्र कुपोषित छन् । यी बालबालिकाको उपचार सम्बन्धित उपचार केन्द्रमा गरिँदै आइएको थियो । कुपोषित बालबालिकाका लागि आवश्यक रूटिफ नामक पोषणयुक्त प्लानपिट ०७५ साउनदेखि जिल्ला स्वास्थ्य कार्यालयको स्टोरमा नहुँदा जिल्ला अस्पताललगायत अन्य पाँच उपचार केन्द्रमा उपचार गराइरहेका बालबालिकाले उपचार पाउन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कुपोषित बालबालिकाका लागि नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने यो औषधि अभाव भएको जानकारी स्वास्थ्य विभाग बाल स्वास्थ्य महाशाखा, क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्ज र युनिसेफलाई दिइएको भएपनि सम्बन्धित सरोकारवाला निकायले आवश्यक बजेट कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा भएकाले प्रदेशको सामाजिक मन्त्रालयसँग समन्वय गर्न भनेका थिए ।
सो जानकारी जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त भएको र कार्यालयले बेलाबेला मन्त्रालयलाई जानकारी दिएको भएपनि मन्त्रालयले ढुवानीका लागि अहिलेसम्म आवश्यक बजेट विनियोजन नगर्दा कुपोषित बालबालिकाले उपचार पाउन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पातमा मात्र दिनँहु पाँचदेखि १० जनासम्म शीघ्र कुपोषित बालबालिका उपचार गर्न आउने गरेको तथ्याङ्क रहेको भएपनि ती बालबालिकालाई चाहिने रूटिफ नामक प्लानपिट सकिएको जानकारी बालबालिकाका आमाबाबुले पाएपछि साउनदेखि अहिलेसम्म एक जना बालबालिका पनि नल्याएको तथ्याङ्क स्वास्थ्य कार्यालयमा रहेको छ ।
सोरु गाँउपालिका–४ भिई गाँउका तीन वर्षीय एक बालकलाई कुपोषणले थला पारेपछि गाँउदेखि तीन घण्टा टाढाको नार्थपु उपचार केन्द्रमा उनका बाबुआमाले साउनसम्म उपचार गराए । उपचार केन्द्रमा उनका लागि चाहिने औषधि सकिएपछि थप उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको भएपनि जिल्ला अस्पतालमा समेत त्यो औषधि सकिएपछि जिल्ला अस्पतालले उनलाई काठमाडौँ रिफर गरेको छ ।
निशुल्क पाउने औषधि आफ्नो स्वास्थ्य केन्द्रमा नपाएपछि ती बालकका परिवारले ऋण सापटी गरेर अहिले काठमाडौँमा उपचार गरिरहेका उनका आफन्तले बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…