कुपोषणबाट एक बालिकाको मृत्यू
कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी विनाको समयमै उपचार नहुँदा माघ २४ गते मृत्यु भएको पीडितका आफन्त जनकसिंह धामीले बताए ।
जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले धनगढी 'रिफर' गरेपनि आर्थिक अभावले लैजान नसक्दा विनाको घरमै मृत्यु भएको हो ।
"मैले आफ्नै खर्चमा आमाछोरीलार्इ डडेल्धुरा लगेको थिएँ । धनगढी लगेर उपचार गराउने खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भयो ।"-जनकसिंह धामीले भने ।
चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहुँदा जान नसकेको उनको भनाइ छ ।
४० वर्षीया मुनाले कान्छी छोरीमा जन्मँदै कुपोषण भएको कुरा धेरै पछि थाहा पाएको बताइन् । कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनु परेको उनको भनाइ छ ।
पोषणयुक्त खानेकुरा समयमा नखुवाएकै कारण बच्चामा कुपोषण भएको कुरा तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन् । मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन् ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसक्दा छोरीको ज्यान गएको मुनाले बताइन् । बैतडी जिल्लामा १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।
अहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीले कुपोषित बालबालिकाहरूको निशुल्क उपचार गर्ने व्यवस्था गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सम्पर्क व्यक्ति (हेल्थ असिस्टेन्ट) सन्तोष पाण्डेयले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…
जातीय विभेद घटनाका आरोपितद्वय गिरफ्तार
मेचीनगर नगरपालिका-१० की ३६ वर्षीया रञ्जु विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । जातीय विभेद गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१० की ४७ वर्षीया मैयाँ दाहाल…