कुपोषणको मारमा बालबालिका, ९ सय ३४ जाना बालबालिका कुपोषित !
स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि बालबालिकाको पोषणमा सुधार हुन नसकेको पाइएको छ ।
स्वास्थ्य कार्यालय, बैतडीको तथ्याङ्क अनुसार आर्थिक ०८० / ०८१ मा १ हजार ९ सय ३४ जना बालकालिका कुपोषित भेटिएका छन् । यीमध्ये ३ सय १२ जना बालबालिका कडा कुपोषणले ग्रसित छन् । उमेर र उचाई अनुसार बालबालिकामा तौल निकै कम छ भने अनुहार पनि ख्याउटे भएको पाइएको छ । पोषण सुधार गर्न स्थानीय तहले कृषि, पशु र स्वास्थ्य कार्यालयसँग समन्वय बढाउनु पर्ने स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनु भयो ।
स्थानीय तहले रैथाने बाली संरक्षणमा ध्ययन दिन नसकेका कारण पनि बालबालिकाहरुमा कुपोषण देखापरेको र स्थानीय बाली कोदो, फापर, चिनो र मादुरो खेतीलाई प्रोत्साहन गर्नु पर्ने उहाँले बताउनु भयो ।
स्थानीय तहले रैनाथे बालीलाई प्रोत्साहन नगर्दा मेलौली नगरपालिका–९ मा ३ सय ५६ परिवार मध्ये ६० परिवारले मात्रै कोदो खेती गरेका छन् । वडाभरि जम्मा ३४ परिवारले मात्रै गहतको दाल खेती गरेका छन् । गाउँबाट युवा पलायन भएपछि अधिकांश जमिन बाँझो रहेको छ । यहाँ वार्षिक ९० लाख रुपियाँको चामल आयात हुने गरेको वडाध्यक्ष लोकराज भट्टले बताउनु भयो ।
जिल्लालाई वार्षिक ५८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा ठुलो परिमाणमा चामल आयात हुने गरेको छ । पोषणमा सुधार गर्ने रैथाने बाली हराउँदै जान थालेपछि कुषोषण बढेको हो । जिल्लाका १० स्थानीय तहमा झण्डै २ हजारको सङ्ख्यामा कुपोषित बालबालिका भेटिएका छन् ।
हराए कोदोका परिकार !
सुदूरपश्चिमतिर कोदोको हलुवामा घिउ र सक्खर मिलाएर खाने चलन हराउन थालेको छ । कुपोषण हटाउने नाममा स्थानीय तहले बाड्ने गरेका कोसेली डिब्बाहरुले उक्त चलन हराएको हो । कुपोषण कम गर्न भन्दै बाडीने कासेली डिब्बाहरुको बेला–बेलामा गुणस्तर जाँच गर्नु पर्ने भए पनि यसतर्फ कसैको ध्यान जान सकेको छैन् । कोदो फलाउने र यसको परिकार खाने चलन हराउँदै जान थालेपछि कुपोषण बढेको पाइएको छ ।
बरिष्ट जनस्वास्थ्य अधिकृत योगेश भट्टले भन्नुभयो–‘पहिले कोदोको माणा र हलुवा खाने चलन थियो । आधुनिकतासँगै गाउँमा बिभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा समेत परिवर्तन आयो, अहिले त गर्भवतीले समेत यस्ता जंकफुडहरु खान थालेका छन् । जसले कुपोषित बच्चा जन्मिने सम्भावना बढी हुन्छ ।’
रैथाने बाली खाने चलन घट्दै जाँदा बालबालिकामा कुपोषण बढेको गुनासो आउन थालेपछि स्थानीय अन्नलाई प्रोत्साहन गर्न गाउँपालिकाले विद्यालयको दिवा खाजामा स्थानीस्तरमै फलेको कोदो, गेडागुडी र अन्नलाई प्राथमिकता दिने गरी दिवा खाजाको व्यवस्था गरिएको सिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनु भयो ।
रैनाथे बिउ मासिए !
जिल्लामा पोषण सुधार गर्न आएका विभिन्न संघसंस्थाले बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका उन्नत जातको बिउ भन्दै बाँड्न थालेपछि रैनाथे बिउ मासिएको अगुवा किसान चिन्तामणि भट्टले बताउनु भयोे । उहाँले भन्नुभयो– “रायो, मुला, बैगन, भटमास र कुखुरा बाँड्दा सबै उन्नत जातको भनेर बाँड्न थालेपछि अचेल कुखुरा पनि ओथारो बस्दैन् । तरकारीको बिउ पनि राख्न मिल्दैन ।”
पोषण सुधार गर्न भन्दै संस्थाहरूले बाँडेका गिरिराज नामका उन्नत जातका कुखुराले फुल पार्ने तर ओथारो नबस्दा पोषणको कार्यक्रम सकिने बित्तिकै कुखुरा पनि सकिने गरेको उहाँको भनाइ छ । स्थानीय जातको कुखुरा बाँडेको भए ओथारो बसेर कुखुराको सङ्ख्या बढ्ने भए पनि प्राथमिकता नदिएको स्थानीय किसानहरुको गुनासो छ ।
स्थानीय तहले कोसेलीका नाममा सुत्केरीलाई अण्डा, घिउका डब्बा र कुखुराको भाले बाँडेको बताउँदै अएका भए पनि पोषणमा सहयोग गर्ने रैथाने बाली कोदो, मादुरो, चिनो र फापर खेतीलाई प्रोत्साहन नगर्दा बालबालिकामा कुषोषण बढेको स्थानीयहरुको आरोप छ ।
नरी बडु
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…