कुपोषणका कारण बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको चासो
कुपोषणबाट मृत्यु भएकी सिप्खाना गाविस-४ की १४ महिने सुशीला योगीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक ३० गते स्वास्थ्यमन्त्रीसमक्ष चासो राखेका छन् ।
पीडित बालिकाको कात्तिक २६ गते कुपोषणबाट मृत्यु भएको उनका घरपरिवारले बताएको समाचार सञ्चारमाध्यामहरूमा आएपछि प्रधानमन्त्रीले चासो राखेका हुन् । आवश्यक मात्रामा पौष्टिक आहार नपाएपछि कुपोषण भएकी बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको मृतक बालिकाका आफन्त नौलाराज योगीले बताए ।
कुपोषणबाट पीडित बालिकालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल कालिकोटमा रिफर गरिएको स्वास्थ्य चौकी सिप्खानाका इञ्चार्ज सि.अहेव जनकराज न्यौपानेले बताए ।
कर्णालीका बालबालिकाका लागि पोषण भत्ता तथा खाजा कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी हुन नसक्दा बालबालिकाहरू कुपोषणको समस्याबाट पीडित हुने गरेका छन् । जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले कुपोषणबाट बालिकाको जिल्ला अस्पताल नपुग्दै बाटोमा मृत्यु भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य मन्त्रालयमा कात्तिक ३० गते पत्र पठाएर चासो राखेको बताए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ ।…