कुटपिट, लुटपिटको आरोपमा वडा अध्यक्षमाथि कारवाहीको माँग
रूपनी गाउँपालिका–६ की ५० बर्षीया सुमरी देवी चौधरी र ५५ बर्षीया बच्चा देवी चौधरीलाई कुटपिट तथा लुटपिट गर्ने रूपनी गाउँपालिका–५ का वडा अध्यक्ष ४६ वर्षीय गंगाराम यादवमाथि प्रहरीले कारबाही नगरेको भन्दै पीडितहरूले फागुन ६ गते राजविराजमा पत्रकार सम्मेलन गरी गुनासो गर्नु भएको छ ।
वडा अध्यक्ष यादव सहितको समूहले आफूहरूमाथि निर्घात कुटपिट गरी घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको ३ साता वितिसक्दा समेत प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाएको उहाँहरूले गुनासो गर्नु भएको हो । जिल्ला प्रहरी कार्यालयमा पटक–पटक धाउँदा समेत सुनुवाइ नभएको बताउँदै पीडितहरूले अधिकारकर्मी र सञ्चारकर्मीसँग न्यायका लागि पहल गरिदिन आग्रह गर्नु भयो ।
पीडित सुमरी देबीका अनुसार छोरीको विवाह खर्चका लागि ८ वर्ष अघि वडा अध्यक्ष यादवसँग लिएको २ लाख रुपिया ऋृणवापत २ बर्षभित्र २ लाख ५० हजार रुपिया साँवाव्याज बुझाएपनि धितो (बन्धकी) राखेको १४ कट्ठा ४ धुर जग्गा फिर्ता नपाएपछि न्यायिक समिति रूपनीमा निवेदन दर्ता गर्नु भएको थियो । न्यायिक समितिबाट २ बर्षमा पनि न्याय नपाएपछि पीडितले जिल्ला प्रशासन कार्यालय सप्तरीमा वडा अध्यक्ष यादव विरुद्ध मिटर व्याजीको आरोप लगाउँदै उजुरी दिनु भएको थियो ।
मिटर व्याजको आरोपलगाएर उजुरी गरेको रिसमा वडा अध्यक्ष यादवसहितका ५–६ जनाको समूहले माघ ७ गते वसविट्टी हुँदै घर जाने क्रममा बाटो घेरर कुटपिट गर्नुका साथै नागरिकता, मिटर व्याजको उजुरी दर्ता नम्बर, घाँटीमा लगाएको १० तोलाको चाँदीको सिक्री लुटपिट गर्दै कुटपिट गरेको उहाँहरूले बताउनु भयो । इट्टा तथा मुक्काले कुटपिट गर्दा टाउको र अनुहारमा चोटपटक लागेको देखाउँदै पीडितहरूले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार गराएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयमा उजुरीसहित धाउँदा प्रहरीले कार्यालयबाट निस्किन भन्दै दुर्व्यवहार गरेको उहाँहरूले पत्रकार सम्मेलनमा बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज नेउपानेले उक्त घटना सम्बन्ध उजुरी परेपछि दुबै पक्षलाई बोलाएर पटक–पटक छलफल गरी समाधानको प्रयास गरिएको बताउनु भयो । वडा अध्यक्ष यादवले आफूले जग्गा किनेर ७ वर्षदेखी खेती गर्दै आएको र आफूले कुटपिट नगरेको भन्नुहुँदै बदनाम गर्ने नियतले पीडितहरूले निराधार आरोप लगाएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा पीडितहरूले कुटपिट गर्ने वडा अध्यक्ष यादवलाई अविलम्ब गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न तथा औषधि उपचार खर्च भराउन माँग गर्नु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…