कुटपिट तथा ज्यान मर्ने धम्की घटनाका आरोपित विरुद्ध उजुरी

  ०८० भदौ २५ गते

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था की ७५ वर्षीया शान्ति देवि चमैनले आफूलाई कुटपिट तथा ज्यान मार्ने धम्की दिएको भन्दै ४५ वर्षीय भतिजा भोला महरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ २२ गते उजुरी दिएकी छिन् ।

आरोपितले पीडितलाई भदौ ५ गते अंशबण्डाकाे विषयमा विवाद हुँदा पीडितलाई कुटपिट गरी ज्यान मार्ने धम्की समेत दिएको पीडितको आरोप रहेको छ । पीडित महिलाको स्वास्थ्य उपचार सोही दिन स्थानीय स्वास्थ्य चौकी कुर्थामा भएको थियो ।

घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।


सन्ताेषाकुमार यादव