कुटपिट तथा जातीय विभेद घटनाका आरोपितहरु विरुद्ध उजुरी

  ०८० कात्तिक १० गते

रामगोपालपुर नगरपालिका-४ चमार टोलका ५५ वर्षीय रामदेव महरालाई ०८० कात्तिक ९ गते सोही ठाउँका २२ वर्षीय अंगज मुखिया, ४५ वर्षीय राधे मुखिया, २१ वर्षीय विक्रम मुखिया, २० वर्षीय शम्भु मुखिया र ३५ वर्षीय राजेश मुखियाले कुटपिट तथा जातीय विभेद गरेकाे भन्दै पीडितले साेही दिन इलाका प्रहरी कार्यालय रामगोपालपुरमा उजुरी दिनु भयाे ।

दुर्गा पूजा पश्चात कात्तिक ९ गते मूर्ति विर्सजन गर्ने क्रममा आरोपितहरुले “तँ दलित सानो जातकाे किन आएको”  भन्दै कुटपिट गर्नुकाे साथै जातीय विभेद तथा दुर्व्यवहार समेत गरेकाे पीडितकाे आरोप रहेकाे छ ।

पीडितको स्थानीय मनोज मेडिकल हलमा उपचार भएको स्वास्थ्यकर्मी मनोज मण्डलले जानकारी दिनु भयो ।

आरोपितहरु विरुद्ध कात्तिक ९ गते इलाका प्रहरी कार्यालय रामगोपालपुरमा पीडितले उजुरी  दिएको असई शम्भु सिंहले बताउनु भयो । उहाँले "आरोपितहरुले यस अघि पनि ०८० असोज १८ गते २१ वर्षीया नियासा राम र १८ वर्षीया संगिता कुमारीलाई रातीको समयमा खेतमा शौच गर्न आएको भन्दै कुटपिट र गालीगलौज गरेको आरोपमा असोज १९ गते पीडित द्वयले उजुरी दिएकाे" जानकारी दिनु भयाे । उजुरी पश्चात आरोपितहरुलाई प्रहरीले चौकीमा झिकाई चारपाटे मुण्डन गरेकाे पीडित नियासाका पति २९ वर्षीय मंजित रामले बताउनु भयो । पीडितहरुकाे रामगोपालपुर-५ स्थित राधाकृष्ण मेडिकलमा उपचार भएको चिकित्सक मनोज चौधरीले जानकारी दिनु भयो ।


ममता विश्वकर्मा