कुटपिट तथा घरेलु हिंसा घटनाका आरोपितहरू विरुद्ध उजुरी
सम्सी गाउँपालिका–२ की २२ वर्षीया प्रियंका कुमारी साहले पति सहित परिवारका अन्य सदस्यहरू समेतले गालीगलौज, कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा ०८० असोज ६ गते जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।
पीडितका अनुसार आफूले तीन ओटी छोरीको मात्र जन्म दिएको र फेरी पनि छोरी नै जन्मने भन्दै आरोपितहरू ३० वर्षीय पति रामसागर साह, जेठाजुहरू ५५ वर्षीय रामजुगुत साह र ५० वर्षीय रामइश्वर साह र २५ वर्षीय भतिजो रोशन साहले ०८० असोज ६ गते गालीगलौज, कुटपिट तथा घरेलु हिंसा गरेको बताउनु भयो ।
आरोपित ज्वाइले अर्को विवाह गर्ने धम्की दिनुका साथै छोरीको औषधि उपचारमा सामेत बेवास्ता गरी छोरीलाई माइतीमै बस्न बाध्य पारेको पीडितकी ४३ वर्षीया आमा अनिता देवीको आरोप छ । साथै कुटपिटका कारण पीडितको गर्भपतन भएको उहाँको आरोप रहेको जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी असई रुपा सापकोटाले जानकारी दिनु भयो । घटना बारे सत्य तथ्य बुझ्न पीडित र आरोपित दुबै पक्षलाई असोज १० जिल्ला प्रहरी कार्यालयमा बोलाइएको आसई रुपा सापकोटाले जानकारी दिनु भयो ।
पीडितको सामान्य उपचार असोज ८ गते जलेश्वरनाथ पोलिक्लिनिक जलेश्वरमा भएको डा. श्याम साहले बताउनु भयो ।
ममता विश्वकर्मा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…