मोसो दलेर अमानवीय व्यवहार गरेको घटनाका आरोपितविरूद्ध उजुरी

  ०७९ चैत २९ गते

लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफलाई सोही ठाउँका ३४ वर्षीय कृष्णा मिश्र भनिने आनन्द मिश्रले चैत २३ गते लोहारपट्टी चोकमा कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा चैत २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

काम गरेको ज्याला माग्दा आरोपित मिश्रले चोरीको आरोप लगाउँदै बजारमा रहेको बिजुलीको पोलमा बाँधेर कुटपिट गर्नुका साथै केश मुण्डन गरी मोसो दली अमानवीय व्यवहार गरेको पीडित नदाफको आरोप छ ।

amanbiy bebahar

'धेरै दिनदेखि ठेकेदार मिश्रसँग मैले काम गरेको ज्याला मागेँ । दिन नमानेपछि रिस उठेर ग्रिन्डर मेशिन र पङ्खा लगेँ ।  चैत २३ गते ठेकेदारले मेरो समान लिएर आउनु म पैसा दिन्छु भनेर लोहारपट्टीको चौकस्थित शिव आश्रममा बोलाए । सो ठाउँमा जाँदा ठेकेदारले पैसा दिनुको साटो चोरीको अरोप लगाउँदै कुटपिट गर्नुका साथै  अमानवीय व्यवहार गरे ।'-पीडितले भन्नु भयो ।

घटना पश्चात पीडित नदाफले आरोपितविरूद्ध दिएको उजुरीको आधारमा प्रहरीले सोही दिन आरोपित मिश्रलाई गिरफ्तार गरेको डिएसपी दिलीप गिरीले बताउनु भयो ।


अजयकुमार साह