कुटपिट घटनाको विरोधमा पीडित पक्षद्वारा गाउँपालिका कार्यालयमा धर्ना
सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका-५, सागिनेका २८ वर्षीय सुजन थिङमाथि भएको कुटपिटको विरोधमा पीडित पक्षले असोज ८ गते गल्छी गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् ।
उपभोक्ताहरूको तर्फबाट छलफलमा सहभागी थिङलाई छलफल सकिएर बाहिर निस्कने बित्तिकै कुटपिट गरेकोले घाइते भइ काठमाडौँ स्थित नेपाल नेशनल अस्पतालमा उपचार भइरहेको पीडितले बताउनु भयो ।
थिङको असोज ७ गते साँझ भएको कुटपिटका कारण टाउको, शरीर, अनुहारमा चोट तथा निलडाम भएको छ भने लुगा च्यातिएको र मोबाइल समेत फुटाइएको थियो ।
पीडितले आफू घाइते भएपछि प्रहरीलाई खबर गरी इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरीका लागि जानुभएको थियो । इलाका प्रहरी कार्यालय, गजुरीले राती सामान्य निवेदन लिएर पीडितलाई फर्काएको थियो । घटनामा संलग्न भएको आरोपमा गल्छी गाउँपालिका-६ का ३० वर्षीय हेम रिजाल र मधुकर भण्डारीलाई गिरफ्तार गरेकोमा असोज ७ गते नै प्रहरी कार्यालयमा बोलाएको समयमा हाजिर हुने गरी छाडेको थियो ।
पीडितको पक्षमा काम नगरेको र आरोपितहरूलाई संरक्षण गरेको भन्दै पीडित पक्षले गल्छी गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएका हुन् । उपभोक्ताहरूसँग रकम उठाएर काम नगरेको आरोप खेपिरहेका श्री रणकालीका सामाजिक सेवा समितिका तत्कालीन अध्यक्ष कुमार भनिने बेदबहादुर भण्डारी पक्षका मानिसहरूले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
श्री रणकालीका सामाजिक सेवा समितिको नाममा रकम उठाएर गाउँलेहरूसँग सम्पर्क विहीन रहेका बेदबहादुर भण्डारीले अनियमितताबारे समाचार संप्रेशण गर्ने पत्रकार र कुरा उठाउने पीडितहरूमाथि समेत काठमाडौँ जिल्ला अदालतमा मानहानीको मुद्दा दर्ता गराएको बताइएको छ । आरोपित भण्डारीले पीडित थिङसहित अनियमितताबारे आवाज उठाउने स्थानीयहरूमाथि पनि मुद्दा दर्ता गराएका छन् । स्थानीयहरूले भने आफूलाई बचाउ गर्न अनेकन जालझेल रच्ने क्रममा स्थानीय र पत्रकारमाथि नै मुद्दा दर्ता गराएको भन्दै मुद्दा फिर्ता लिन र उठाएको रकमको सुनिश्चितता गर्न माग गरेका छन् ।
भण्डारीले गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ सामुदायिक विद्युतीकरण गरिएको क्षेत्रमा मिटर खरिद गर्न रकम उठाएर हिनामिना गरेको आरोप छ । स्थानीयहरूका अनुसार भण्डारीले पाँच वर्षअघि समितिले ९० घरको मिटरका लागि १ हजार २ सयका दरले, ११ घरका लागि २ हजारका दरले र बाँकी ४ सय घरको २ हजार २ सयका दरले मिटर उपलब्ध गराउन कर्मचारी मार्फत २०७१ सालमा पैसा उठाएको थियो । सो रकम बारे सामुदायिक विद्युत उपभोग गरिरहेका उपभोक्ताले आफूले पाउने विद्युत मिटर नपाएपछि कुरा उठाएका हुन् ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…