कुटपिट घटनाका आरोपित शिक्षकलाई कारबाहीको माग
बकैया गाउँपालिका–३ स्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीय सागर थिङलाई पुस २३ गते कुटपिट गरी घाइते बनाएको भन्दै शिक्षक ३७ वर्षीय योगबहादुर राईविरुद्ध पुस २५ गते पीडित विद्यार्थीका अभिभावक र विद्यार्थी सड्गठनले कारबाहीको माग गरेका छन् ।
साथै कुटपिट घटनाको विषयलाई लिएर अनेरास्ववियु मकवानपुरले पुस २५ गते विज्ञप्ति जारी गरी कारबाहीको माग गरेको छ ।
कुटपिटबाट अनुहारमा चोट लागेका विद्यार्थी थिङको सोही दिन हात्तिसुँढे प्राथमिक स्वास्थ्य चौकीमा उपचार भयो । शिक्षकले विद्यार्थीलाई कुटपिट गरी घाइते तुल्याएको भन्दै अभिभावक विद्यार्थीले पुस २५ गते विद्यालयको पटनपाठन समेत बन्द गरेका छन् ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…