कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०८१ पुस ५ गते

१५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा खाँडाचक्र नगरपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय खेमराज शाही विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस ५ गते उजुरी दर्ता भएको छ ।

विद्यालयमा कलम लिएर नआएको निहुमा आरोपित शाहीले पुस ४ गते विद्यालयमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । घटनाका आरोपित विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताउनु भयो ।

घाइतेको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।


कालिबहादुर मल्ल