कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया मिलनदेवी लामा विरुद्ध पीडित पक्षले ०८१ मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
बोहराले मङ्सिर २४ गते आफूले दिएको रकम फिर्ता माग्न जाँदा दुवै आरोपितले सामान्य विवाद भएको थियो । सोही विषयलाई लिएर मङ्सिर २५ गते छलफलका क्रममा घाइते हुने गरी कुटपिट गरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएको पीडित बोहराकी पत्नी लुड्की बोहराको भनाइ छ ।
उक्त विषयमा इन्स्पेक्टर सरोज कडेलका अनुसार कुटपिट भएको विषयमा उजुरी आएकोले अनुसन्धान गरिने छ । कुटपिटबाट घाइते भएका वडा सभापतिको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन…