कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

  ०८० मङ्सिर १२ गते

जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय  जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।

सानो तिनो कुरामा बादविवाद हुँदा आरोपितले कुटपिट गर्ने गरेकाे पीडितकाे आरोप रहेकाे छ । कुटपिटबाट पीडितकाे आँखामा चाेट लागेकाे हुँनाले उनकाे उपचार मङ्सिर ११ गतेदेखि नै प्रादेशिक अस्पताल कलैयामा भइरहेकाे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।

घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने इन्सपेक्टर कठायतले बताउनु भयो ।


धिरेन्द्र प्रसाद बरै