कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

  ०८० भदौ २९ गते

सोनमा गाउँपालिका–१ की २९ वर्षीया अज्मेरी खातुनलाई ५५ वर्षीया सासू सबिला खातुनले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएकी छिन् ।

पीडितका अनुसार आरोपितले भदौ २६ गते गालीगलौच गर्नुका साथै कुटपिट गरेको आरोपमा भदौ २७ गते आरोपित सासु विरुद्ध उजुरी दिएकी हुन् । पीडित अज्मेरी खातुनको स्थानीय क्लिनिकमा उपचार भएको छ ।

पीडित अज्मेरी खातुनको पति ३५ वर्षीय एमामुल अन्सारीले सोनमा गाउँपालिका–३ ठखना टोलकी वोकिला खातुनसँग वहुविवाहको आरोपमा हाल जलेश्वर करागारमा थुनमा छन् भने वोकिला खातुन धरौटीमा रिहा भएकी छिन् ।

धरौटीमा रिहा भएकी वोकिला खातुनलाई सासूले आफूसँग राखेका छन् तर, आफूलाई कुटपिट गर्नुका साथै घरबाट निकाला गरी शारीरिक तथा मानसिक यातना दिएको पीडित अज्मेरी खातुनको आरोप छ ।

घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका हवल्दार रुपा साप्कोटाले जानकारी दिनु भयो ।


ममता विश्वकर्मा