कुटपिट घटनाका आरोपित देवर गिरफ्तार

  २०८१ वैशाख २०

३९ वर्षीया भाउजुलाई कुटपिट गरी गालिगलौज गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–८ गैलनदीका ४२ वर्षीय राम विष्टलाई ०८१ वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई देवर नाता पर्ने विष्टले मादक पदार्थ सेवन गरी वैशाख १५ गते गालिगलौज गरी हातपात गरेपछि  पीडितले आरोपित विरुद्ध वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । प्रहरीले आरोपितलाई बोलाई छलफल गर्दा उपरान्त गल्ती नगर्ने भनेर माफीमागेपछि दुबै पक्षबीच मिलापत्र गरिएको थियो ।

आरोपितले उपरान्त गल्ती नगर्ने भनेर माफी मागेपछि दुबै पक्षबीच मिलापत्र भएको भए पनि पीडित महिलालाई पुनः आरोपितले वैशाख १७ गते कुटपिट गरी गालिगलौज गरेको भन्दै पीडितले ०८१ वैशाख १८ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मनोज सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते महाकाली प्रादेशिक अस्पताल,महेन्द्रनगरमा गरिएको छ ।


लिली कुँवर