कुटपिट घटनाका आरोपित जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी
कानेपोखरी गाउँपालिका–३ का ५६ वर्षीय प्रकाश भण्डारीलाई भदौ २९ गते कुटपिट गरेको आरोपमा पीडित पक्षले सोही वडाका वडा सदस्य ५६ वर्षीय उदयबहादुर कार्कीविरूद्ध भदौ ३० गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको छ ।
पीडितलाई आरोपितले भदौ २९ गते विना कारण घरमा खाना खान बसेको अवस्थामा कुटपिट गरेको पीडितकी छोरी २८ वर्षीया सविता भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कुटपिटबाट बाबुको शरीर सुन्निएको र हाल विराट नर्सिङ होममा उपचार गराइरहेको पीडितकी छोरीले बताउनु भयो ।
घटनाका आरोपित जनप्रतिनिधिले पीडित भनिएका प्रकाश भण्डारीको घरमा होहल्ला भईराखेको अवस्थामा किन होहल्ला गरेको भनेर सम्झाउँदा उल्टै आफूमाथि आई लागेकाले प्रतिकार मात्र गरेको बताउनु भयो ।
पीडित पक्षले कुटपिटको आरोप मात्र लगाएको वडा सदस्य कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कुटपिट गरेको आरोपमा पीडित पक्षले भदौ ३० गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको, तर घटनाको वास्तविकता नबुझी आरोपितलाई गिरफ्तार नगरेको इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कृष्ण खड्काले बताउनु भएको छ ।
अर्जुन दर्जी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…