कुटपिट घटनाका आरोपित गिरफ्तार

चौतारा सागाचोकगढी नगरपालिका–६ गौरतीकी ४९ वर्षीया हिरामाया तामाङलाई फलामको डण्डी प्रहार गरी घाइते बनाएको आरोपमा २४ वर्षीय कान्छो छोरा विजय तामाङलाई प्रहरीले जेठ ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ ५ गते फलामको डण्डीले टाउकोमा प्रहार गरी घाइते बनाएको भन्दै पीडित आमाले आरोपितविरूद्ध जेठ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले बताए । कुटपिटबाट घाइते भएकी पीडित महिलाको उपचार चौतारा अस्पताल भइरहेको छ ।


नातिबाबु धिताल