कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन १७ गते

उत्तरगया गाउाँलिका–४ मनिगाउँका ५५ वर्षीय टीकाराम थिङ र ५३ वर्षीया पुतली थिङलाई ०८१ साउन १४ गते राती घरमा सुतिरहेको अवस्थामा कुटपिट गरेको आरोपमा छोरा २७ वर्षीय लीला तामाङलाई प्रहरीले ०८१ साउन १५ गते गिरफ्तार गरेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका दुवै जनाको उपचार काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । टीकारामको टाउको र मुहारको हड्डीको अप्रेसन गर्नुपर्ने पुतली गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

आरोपित छोराले मदिरा सेवन गरी सुतिरहेका बाबुआमालाई एक्कासी खुकुरी तथा काठको मुढाले आक्रमण गरि घाइते तुल्याएको डिएसपी केशव भट्टराईले बताउनु भयो ।

कुटपीट गरेर आफैले प्रहरीलाई फोन गरेका तामाङलाई तत्काल इलाका प्रहरी कार्यालय कालिकास्थानबाट आएका प्रहरीले साउन १५ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रसुवा पठाएको छ ।


हेमनाथ खतिवडा