कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ २६ गते

लिसंखुपाखर गाउँपालिका—१ ठुलोधादिङकी ६४ वर्षीया दावाडोल्मा तमाङ लाई कुटपिट गरेको आरोपमा प्रहरीले  छिमेकी ४० वर्षीय श्याम लामा र ४२ वर्षीय पदम लामालाई ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले जेठ ८ गते  रुपियाँ सापटी नदिएको आरोपमा पीडितकै घरमा गएर कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका छोरा दावा तमाङले जेठ १० गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरु लाई पाखर बाट गिरफ्तार गरेर ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।

घाइतेको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको पीडितका छोरा दावा तमाङले बताउनु भयो ।


नातिबावु धिताल